७ कृति मदन पुरस्कारका लागि छनोटमा

0 0


नेपालदृष्टि । २०७५ को मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ७ वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ ।
कृतिमा- सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’,
महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छनोट भएका छन् ।       
पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ ।   छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ ।