कसरी लिङ्ग परिवर्तन गरेर सुरेन्द्र, प्रिया भए ? (भिडियो सहित)

1 0


नेपालदृष्टि । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २४ वर्षिय सुरेन्द्र माल ३ वर्षपछि लिङ्ग परिवर्तन गरेर घर फर्किएका छन । कक्षा १२ को परीक्षा दिएर आफ्ना बाउँसँग रोजगारीका लागि भारत पुगेका थिए । २०७२ साउनमा हरिद्वारमा काम गर्दै गरेका सुरेन्द्र माललाई एक अपरिचित नेपालीले बढी तलबको लोभ देखाएर भारतको अर्को शहर चण्डिगढ लगे । त्यहाँ पुगेर उनले एउटा घरमा काम गरे । त्यस घरमा तेश्रो लिङ्गी र किन्नर जातिका मान्छे मात्रै बस्ने उनले बताए । उनलाई त्यहाँ बस्न मन नलागेपछि उनि त्यहाँबाट भागे, तर सफल भएनन ।

जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले सुरेन्द्र संगै आएका १ जना र उनलाई खोज्दै आएका २ जना गरी ३ जना भारतिय लाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

                                                                                                                      तस्वीर -  सोम सानु

पुन त्यहि घरमा ल्याए पछि पनि उनलाई अझ राम्रो ब्यवहार गरेर राखियो । उनी बसेको सहर पाकिस्थानको बडर छेउमा रहेको थियो । पाकिस्तानले हिन्दुस्थानमा कुनै रोगको महामारी फैलाउन औषधि छरेको छ भन्दै औषधि खान दवाव दिईयो । औषधि खाने बितिक्कै आफु बेहोस भएको र ५ दिन पछि मात्रै होसमा आएको उनले बताए । उनलाई बेहोसीमैं लिंग सहित शारीरीक बनावट नै परिवर्तन हुने औषधि प्रयोग गरियो । त्यस पछि लिंग र शरीरमा परिवर्तन मात्रै होइन विस्तारै सुरेन्द्र मालबाट प्रिया मालमा रुपान्त्रित भएकोमा उनको ठुलो दुखेसो रहेको छ ।

यी यस्ता कुराको अलवा अझ धेरै जान्नका लागि प्रस्तुत छ उनीसँग भएको प्रत्यक्ष कुराकानी ।