“उलफित्र” पर्व आस्था र उत्साहका साँथ मनाइँदै

२०७६ जेष्ठ २२, बुधबार

1 0


२२ जेठ,नेपालदृष्टि । आज “इद उलफित्र” पर्व धार्मिक आस्था एवं उत्साहका साँथ मुस्लिम धर्मावलम्बीहरूले मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । काठमाडौं घण्टाघरस्थिम दुई मस्जिदमा बिहानै मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरेका छन् ।

यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र पढ्नाका मस्जिदमा पुगेर नमाज साथै गरीबलाई दान दिने गरेका छन् ।

तस्वीरहरू- मुकुन्द कालिकोटे

              इदको अर्थ उत्सव र मुवारकको अर्थ धन्य भएकाले इद उलफित्र पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन् । यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।