राम्रो बनेको छ “पञ्चेबाजा” म्यूजिक भिडियो (भिडियो सहित)

2 0


नेपालदृष्टि । नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो युवा संगीतकार श्रीकृष्ण बम मल्ल । बिषेश संगीत क्षेत्रमा दख्खल भएका बम कुशल गायकका रुपमा चर्चित तथा परिचित पनि छन । दुई दर्जन भन्दा बढि लोक तथा सुगम गीतहरु गाईसकेका मल्ल गीत रचनामा पनि उत्तिकै अब्बल देखिन्छन । लामो समय देखि सांगीतिक क्षेत्रमा लागेर निकै पुरस्कार र सम्मानले सम्मानित गायक तथा संगीतकार श्रीकृष्ण बम मल्लको सांगीतिक यात्रामा उनले निकै छलाङ्ग मारिसकेका छन । यसै क्रममा निकै चर्चा पाएको “पञ्चेबाजा” नामको गीति भिडियो बजारमा उपलब्ध छ ।
  युट्यूवमार्फत बजारमा आएको उक्त म्यूजिक भिडियोमा शब्द लय र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ, भने स्वर लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको रहेको छ । शब्द रचनामा साँथ दिएका छन याम बुढाथाकीले । संगीत संयोजको कार्य गरेका छन्, आशिष अविरलले भने स्टुडियोको काम सम्मालेको छ स्थाई डिजिटल स्टुडियोले । 

जापान जान्छु भन्दिन म, जर्मन जान्छु भन्दिन म, 
आफ्नै देशमा दुःख गर्छु, यहि छ मलाई बेस,
बाग्लुङ गल्कोटको काखमा बस्छु यहि हो मेरो देश । 

 

“पञ्चेबाजा” म्यूजिक भिडियोमा कलाकारको रुपमा श्रीकृष्ण बम मल्ल 

देश प्रेमको भावनाले लोतपोतिएका शब्दहरुले गीत निकै मार्मिक देखिन्छ । अरुका देशमा आफ्नो रगत र पसिना बगाए मात्र हुदैन । त्यो रगत र पसिना आफ्नै देशमा बगाउनु पर्छ । मेहनत गरे के हुदैन । मुलुक हाम्रो हो यसलाई हामीले बिकास सँगसँगै सुन्दर र शान्त बनाउँनु पर्छ । जस्ता प्रेरणदायक भावनाको सम्वाहक बनेको छ “पञ्चेबाजा” म्यूजिक भिडियो ।
   आर.एस. डिजिटलको प्रस्तुति रहेको उक्त “पञ्चेबाजा” म्यूजिक भिडियोमा कलाकार श्रीकृष्ण बम मल्ल, मेलिना ठकुरी, केशव बिक्रम सिहं र राधिका सिहंको कुशल अभिनय र संगीत सम्योजन र छायाँकनको राम्रो कम्पोजको प्रस्तुति रहेको यो म्यूजिक भिडियो यो बर्षकैे उत्कृष्ठ गीतहरुमा गनिएको दर्शक,श्रोताको मूल्यांकन रहेको छ ।    - साधना सानु

हेर्नुहोस “पञ्चेबाजा” म्यूजिक भिडियो ।