नाइट क्लबमा १२ नेपाली महिलालाई पक्राउ

0 0


नेपालदृष्टि । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला नाइट क्लबमा १२ नेपाली महिलालाई केन्या प्रहरीले छापा मारेको छ । त्यसैक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइसँगै १२ नेपाली महिलालाई पनि पक्राउ गर्न भ्याएको थियो ।

उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ

पु–याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ ।
 

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् । केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ ।