फितलो अनुगमका कारण कमजोर बन्यो सडक

3 0


       नेपालदृष्टि । मोरङ जिल्लाको रतुवामाई नगरपालिकाद्धार निर्माणाधिन सडकको अनुगमनमा लापरवाही भएको स्थानीयवासीहरुले गुनासो गरेका छन । निर्धारित मापदण्ड अनुरुप सडकमा गिटी,ढुंगाको समिश्रण हुन नसकेको प्रत्यक्ष र्दशिहरुले जनाएका छन । ढुंगाहरु छानेर पुनः फर्काईको स्थानिय बासीहरुले बताएका छन ।  रतुवामाईकै वार्ड नं. ८ मा पर्ने ईटहरा स्कुल पूर्व धुनावारी जाने बाटोको  तोकिए बमोजिम निर्माणकार्य सपन्न भएको छ । तर  वाटोमा फिजाईएको गिटि भनिएकोमा ७० प्रतिशत भन्दा धेरै माटोको प्रयोग भएको देखिन्छ । एक दुई ठाँउ बाहेक तोकिएको मापदण्ड भन्दा कम इन्चमा गिटीको प्रयोग गरिएको प्रत्यक्ष स्थानिय र्दशीले बताँएका छन।  .
         

अहिले सामान्य ट्याकरले लगाएको पानीमा नै यति हिलो देखिएपछि बर्खामासमा के हालत होला ? यो सोचनिय बिषय बनेको छ । 
        स्मरण रहोसः स्थानिय समुदाय कै ब्यक्तिहरुको उपभोक्ता समिति गठन गरि बनाईएको यो बाटो उपभोक्ता समितिले ठेक्कामा दिएपछि यो हालत भएको हो भन्ने सबैको गुनासो रहेको छ । 

    “घरका छेउ छाँउमा त्यत्रो गहिरो खाल्टो छ । बाटोको निर्माण कार्य यस्तो फितलो छ । अहिले त जेन तेन माटो अडिएको छ । हिलो छैन । तर बर्षायाममा कस्तो रुप लिने हो ? आवश्यक ठाँउमा पानी निकासका लागि होम पाइप राखिएको छैन । बाढीको पूर्व अनुमान पटक्कै लगाईएको छैन । यति लामो एरियाको निकासको एउटा सामान्य पुल छ । यसले १० प्रतिशत पानीको निकास दिन सक्छ ।  पूर्व अनुमान र अनुगमन नगरी हचुवाको भरमा बनेको यो बाटो मात्र बगाउँने होइन, बस्तीनै बगाउँने सम्भावना देखिन्छ ।” सडक प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको यस्ता गुनासो रहेको छ । 
       पक्कै पनि, नगरको बिकासको पूर्वधारनै  निर्माण कार्य सम्पन्न, हुनु तर सुरुवातकै निर्माण कार्यमा स्थानिय समूहको यस्तो गुनासोले आगमि कार्यमा नगरपालिको अधिकांश योजनाहरूको कार्य प्रगति भने चित्त बुझ्दो पाउँन कठिन जस्तै देखिन्छकी ?

 

मोरङको रतुवामाई वार्ड नं. ८ मा पर्ने ईटहरा स्कुल पूर्व जाने बाटोको निर्माण पुरा भएको दोश्रो दिनको  दृश्यहरु  ।                                                                                         = तस्वीर- किरण पौडेल