रतुवामाइ नगरपालिकाका मेयरसँग होली, हर्षोल्लासपूर्वक मनाइँदै

२०७५ चैत्र ७, विहिबार

3 0


७ चैत,नेपालदृष्टि। रंगहरूको पर्व फागु पूर्णिमा अर्थात् होली आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षाेल्लासपूर्वक मनाइँदै छ । यसैक्रममा मोरङ जिल्लाको रतुवामाइ नगरपालिकाको र्इँटहरा बजारमा भब्यताका साँथ मनाइयो । ईटहरा एकता क्लबद्धारा आयोजित उक्त कार्यक्रमा यसै नगरपालिकाका नगर प्रमुख श्री रबिन राईको पनि उपस्थीति रहेको थियो । 
   

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ ।  तर मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।   

होली पर्व मनाउँदै रतुवामाइ नगरपालिकाका मेयर हरियो ठुलो चश्माधारी श्री रबिन राई । तस्वीर - रमेश बस्नेत 

होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा बुधबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज छुट्टी छ । यद्यपि, २ दिन नै होली मनाइने भएकाले प्रदेश १ सरकारले आज र भोलि दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।