राप्रपा(संयुक्त)को संविधान कार्यान्वयनप्रति प्रतिबद्धता

२०७५ फाल्गुन २१, मंगलबार

0 0


                                                                                              तस्वीर -कालीका न्यूज
 २१ फागुन,नेपालदृष्टि । राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभएको हो । 

अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भएको बताउँदै प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुनु गलत भएको धारणा व्यक्त गर्नुभयो ।

राप्रपा(संयुक्त)को कार्यसूचीमा सहमति जनाउनका लागि पार्टीको ढोका खुला रहेको बताउँदै उहाँले राप्रपाका कमल थापासँग चुनाव चिह्न ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको प्रष्ट पार्नुभयो । 

अर्का अध्यक्ष डा लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र सबैलाई स्वीकार्य संविधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अगाडि बढेको बताउनुभयो । 
     “नेपाली काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहनालाई पूरा गर्न सकेन ।’’उहाँले राससलाई भन्नुभयो,