के हो देउडा ? र यसका किशिम ।

सोम सानु

1 0


 नेपालदृष्टि । देउडा गित एक प्रकारको भाषा हो । यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्राय यसका गितहरू खस भाषामा आधारीत हुन्छन् । खास गरेर खस भाषाको उद्गम स्थल जुम्ला जिल्लाको सिंजालाई मानिएको छ । पश्चिम नेपालका अधिकांश राज्यहरू जस्तैस्( बैतडी ,डोटी, दैलेख, दुल्लु, जाजरकोट आदी ठाउँमा खस भाषाको प्रयोग भएको पाइन्छ । देउडा गित पनि यिनै ठाँउमा प्रचलित भएको थियो र अहिले पनि तत्कालिन राज्य अन्तर्गत पर्ने स्थानहरूमा यो देउडा गित लोकप्रिय बन्दै गएको छ ।

 कति पय ठाउँमा पहिले पहिले देउडा गित गाउन मानिसहरु लाज मान्ने गर्दथे । त्यो अवस्थामा देउडा गितको गितबाट नै छोरेट्टा र छोरेट्टी अर्थात केटा केटी वीच प्रश्न उत्तर चल्ने गर्दथ्यो । यती मात्र होइन देउडा गितबाट नै घरबार बसेका कुरा पनि सुन्नमा आउँछन् ।


         देउडा गीत हरु धेरै किशिमका हुन्छन । जस्तै धमारी र झोडा – यसमा गायकहरू गोलो घेरा बनाएर एकै तालमा हात खुट्टा बटार्दै दुई समूहमा गाउने गर्दछन्। मेला महोत्सव र पूजा पाठका बेला धमारी खेल्लने प्रचलन छ ।झोडा भाकामा गायकहरूको ताल र भाषा फरक हुन्छ। देउडाखेल–े यसमा गायकहरू गोलो घेरा बनाई दुई समूहमा गितै गितमा सवाल जवाफ हुन्छ । यसमा एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् । ठाडी भाका– यसलाई गोठाले गित पनि भनिन्छ। किनकी यो प्राय ः पाखा भिरमा र गोठालो जादा बिशेषरुपले गाइने गरिन्छ । ठाडी भाकामा दुल्लुको ठाडी भाका निकै प्रचलित छ । यसमा गायकले शान्त र एकान्त ठाउँमा बसेर गाउँछन्। हुड्क्यौली अथवा हुड्के –यो नाच हुड्काको तालसँग गाईन्छ । यसमा गायकहरू २ समूहमा बाँडीएका हुन्छन्। एक समूहमा नाँच्ने हुन्छन् जसलाई हुड्के भनिन्छ। अर्को समूहमा बजाउने र गाउने हुन्छन् त्यसलाई स्वरे भनिन्छ ,