राधाकृष्ण मन्दिरको हार्दिक निमत्रणा

1 0


नेपालदृष्टि । भगवान पूर्णब्रम्हा मरमेश्वरको असीम अनुक्पा र तपाई हाम्रो सदिच्छा अनुसार श्री राधाकृष्ण मन्दिर रतुवामाई नगरपालिका बार्ड नं.८ कट्नु, कृष्णनगरमा मन्दिरको २२औं बार्षिकोत्सवको अवसरमा मिति २०७५ \१०\ २७ गते देखि पञ्चमीका दिन देखि ९ दिवसीय श्रीमद् पद्म महापुराण शुसम्पन्न भैराखेको छ ।
     उक्त महापुराणको मुख्य वाचिका परम योगिनी परम तपस्विनी विदुषी बृन्दावनी दासी माता (श्रीहम) को मुखाराविन्दबाट हुनेका साँथै पाठ परायण पूर्वाञ्चलकै विद्धान आचार्य पण्डि श्री छविरवण निरौला र राष्टिय स्तरका कलाकार विदुर कार्कीको संयोजकत्वमा झाँकी सहितको संगीतमय धान्याञ्चल ज्ञान महायज्ञमा पाल्नु भई पुण्य आर्जन गर्नका साँथै महापुराणमा उपस्थिति भई शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

                                 पुराण आयोजक समिति 
राधाकृष्ण मन्दिर, रतुवामाई–८,कृष्णनगर, मोरङ

                                    तथा 
टेकनाथ घिमिरे, अध्यक्ष रतुवामाई नगर बिकास समिति
     
   महापुराणका कार्यक्रमहरु 
१. २०७५\ १०\ २७ गते मन्दिरको १९औं राधारण सभा,मण्डप पूजा, शोभा यात्रा ।
२.  २०७५ \१०\ २८ गते देखि  २०७५\ ११ \०५ सम्म दैनिक विहान ७.०० बजे पूजा आर्चना आरती, विहान ८. बजेदेखि ३.०० सम्म कथा प्रवचन आरती ।
३. प्रत्येक दिन वेलुका ७.०० बजे देखि भजन किर्तन, माताको सारगर्भित प्रवचन, सत्सग, प्रश्नोत्तर ज्ञान मञ्च ।
४. २०७५ \११\ ०६ गते पूर्णाहुती, तिलकपाती, प्रसाद वितरण ।