नेबिसंका अध्यक्ष महर, उपाध्यक्ष राईसहित ६ जनो प्रहरीको नियन्त्रणमा

२०७५ माघ २२, मंगलबार

0 0


                                                                                                                                                                     तस्वीर देशसमाचार डटकम  
नेपालदृष्टि । नयाँ वानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पोखरामा पक्राउ परेका कार्यकर्तालाई हिरा नगरे कडा आन्दोलन गर्ने जानकारीसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने कार्यक्रम उनिहरुको रहको थियो ।

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ । जनाइएको छ ।