राप्रपाको मुख्य एजेण्डा नै “हिन्दू राष्ट्र पुनर्स्थापना”

सोम सानु

2 0


नेपालदृष्टि । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै फागुन ७ गते देखि आन्दोलन सुरु गर्ने भएको छ । सो आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको छ । हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्दा बनाएर संघर्ष शुरु गर्ने र जन संघर्ष, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनका लागि यो आन्दोलन आवश्यक छ । 


          राप्रपा केन्द्रीय कार्यसमितिको बसेको बैठकले फागुन ७ बाट सुरु गर्ने संघर्षलाई मुख्य एजेण्डा बनाएको छ । फागुन ७ बाट सुरु गर्ने संघर्षलगायतका मुख्य एजेण्डामा बैठक केन्द्रित रहने कुरा राप्रपा अध्यक्ष कमल थापाले वताउँनु भयो ।, ‘समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट शुरु हुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा हुन् ।’ थापाले आज ट्वीटरमा ट्यूट गर्नुभएको छ । 

      राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएको छ। अझ मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुको अहिलेको परिप्रेक्षमा आवश्यक छ ।” अध्यक्ष घिमिरे बताउँनु हुन्छ–  “आन्दोलनमा सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल, धार्मिक संघ, संस्था तथा आम नेपाली जनताहरु सहभागी भई हिन्दु राष्टलाई बचाउँनु आवश्वक रहेकोे छ ।” 

राप्रपा संवैधानिक राजतन्त्र, हिन्दूराष्ट्र, अखण्ड नेपालको माग लिएर नेपाली राजनीतिमा क्रियाशिल छ,

अरु बिस्तृत जानकारीको लागि  

www.youtube.com/watch?v=ioUawrG9w_k&t=258s