तिम्रो त्यो आकाश

3 0


०४६र०४७को आन्दोलनमा कृष्ण प्रसाद भट्टराईले २–३ वर्षमा मेलम्ची ल्याउने भनेको अहिले कति भो ?

रोजगारीको समस्या देशमा विकराल छ । यसप्रति सरकारको कुनै चासो छैन ।

नेपालदृष्टि । तिम्रो हत्या भनेर आज कुनै पार्टीले स्वीकारेको छैन । तर तिम्रो दुर्घटना भएको स्थानमा पनि जाने मौका पाएँ । तर त्यहाँ सानो खोला थियो । कुनै ठक्कर खाने स्थान थिएन । कुनै अग्लो भू बनौट थिएन ।सम्म परेको भागमा गाडी पल्टिए पनि कसैलाई पनि केही होला र रु कि त तिमीलाई सुँघाएर मारेको हुनुपर्छ कि त तिमीलाई अन्तै मारेर ल्याएर डाइभरले खोलामा डुबाउन ल्याएको हुनुपर्छ । समाचार यस्तो छ कि भुसको थुप्रोमा ठक्कर लागेर तिम्रो दुर्घटना १ अहिले त डाइभरको पनि हत्या भइसकेको छ । यसलाई पनि दुर्घटना नै भनिनेछ पछि ।

जिन्दगीका मोडहरू यस्ता पनि आए । आफूले प्राणभन्दा प्यारी भनी जीवनका हरेक दुःखमा साथ दिँदै आएकीले पनि पैसाको विस्तरामा मोज गर्ने, आफूभन्दा तल्लास्तरकाहरुलाई दमन गर्ने नीति लिन थालिन् । आज मेरो र तिम्रो उस्तै हालत छ, तिमीले बेलैमा चिनिनौ त्यसैले तिमी यो दुनियाँमा छैनौ । योभन्दा ठुलो साजिश अरु के हुन सक्छ र १ मैले बेलैमा चिनेँ तर आज तिम्रो मात्र साथ पाइरहेको छु ।

आज यस्तो क्षण पनि आयो आफूले धेरै सङ्घर्षको गाथा भनिरहँदा, परिवर्तनका लागि हात फैलाउन आह्वान गर्दा गन्तव्य देखाउँदा, हात बढाएर आउने हिम्मत भएन कसैलाई । त्यसैले यस्ता कुराहरू भनुँ र नभनुँको दोसाँध हुँदा रहेछन् । क्रुरतम पञ्जामा छन् जनता आँट गर्दैनन् कोही पनि ।

तिम्रो लाशलाई रङ्गशालामा राखिएको थियो । पुरै जनता काठमाडौं भित्र ओइरिएका थिए । त्यो विशाल भीडका अगाडि ७ सालको क्रान्तिको भीड फिक्का थियो ।

०३६ सालको विपीको गर्जनको भीड पनि फिक्का थियो । माओवादी भूमिगत छोडेर काठमाण्डौैं ओइरिएकोभन्दा पनि फिक्का थियो । लोकतन्त्र आयो भनी जनता ओइरिएको पनि फिक्का थियो ।

शार्दुूल, तिमीलाई तिम्रो कर्तव्यपराणताका कारण म धेरै मान्दछु । तर मानेको कुरा तिमीलाई मन पर्दैन । त्यसैले तिमीलाई म तिमी भनी सम्बोधन गरिरहेका छौं । यसले तिमीलाई अलि हल्का भयो होला । यो दुनियाँमा तिमीले धेरै ठुलो फड्को ल्याउन धेरै प्रयत्न गर्यौ । आफ्नो ज्यानको वास्ता गरिनौ । कसैले बोल्न नपाउने समय तथा बोल्न नसकेको समयमा तिमीले गरी देखायौ, सबैलाई बोलेर सचेत बनायौ । तिमीलाई अपार जनताले स्नेह दिए । मैले एक समय तिम्रो विजय जुलुशमा विहानदेखि साँझ पर्दासम्म देशमा परिवर्तन हुने भयो भन्दै जुत्ता फटाएर नाच्दैगाउँदै रमाएको क्षण अँझै सम्झीसम्झी अहिले नोस्टाल्जिक भइरहेको छु । त्यो समय मैले तिमीलाई ढोगेर मात्र जाने कसम खाएको थिएँ । तर तिमीले मलाई निराश बनाएका थियौ । मनमा समेत ल्याइनौ आफूलाई महान बनाउने कुरामा । अहिले आएर मैले समयको आकाशीय डायरीहरू पल्टाउँदै जाँदा लेखाजोखा गरी सब बुझेँ । यो दुनियाँमा अहिले पनि कुनै व्यक्ति तिमीजस्तो देखेको छैन । अहिले तिम्रो अवतरणको अभाव व्यग्रताका साथ खट्किरहेको छ । अहिले त तिम्रो योगदानले गर्दा सबले आक्रोश पोख्न पाएका छन्, बोल्न पाएका छन्, तर अँझै फगत केही भएन ।

त्यत्ति मात्र कहाँ हो र त्यत्ति बेलाका तिम्रा एक से एक गुरु, मित्र तथा चेलाहरू अहिले सँयुक्त मोर्चा खडागरी उच्च ओहोडा र तप्कामा पुगेका छन् । सबैले सत्ता सम्हालिरहेका छन् । तर बिडम्बना .. उनीहरुको सँयुक्त मोर्चाले पनि आफ्नो नीजि स्वार्थ र ऐशआरामबाहेक केही खोजेनन् । जनताहरुले विदेशका लागि राइफल नबोके ता पनि लाहुरे जस्ता छन् । देशप्रेमीहरुलाई दमन गरेपछि मात्र उनीहरुको श्रम कमाउ हुने भएको छ । उनीहरू त्यसै गरिरहेका छन् । उत्पीडित जनताहरू झनै उत्पीडनमा पर्दै गएका छन् । त्यसले गर्दा उत्पीडित जनताहरुले चैनको सास फेर्न पाएका छैनन् ।

मैले थाहा पाएँ २३ जनवरी २०१९मै भेनेजुयलाका विपक्षी नेता ह्वाँ गुवाइडोलाई अमेरिकाले हस्तक्षेप गरी राष्ट्रपति घोषणा गर्यो । मलाई ९९प्रतिशतभन्दा बढी मत पाए ता पनि इराक र सद्धाम हुसेनको अवस्था हुने हो कि भन्ने चिन्ता भयो । भेनेजुयलाको राष्ट्रपतिका सम्बन्धमा भएको यस्तो राजनीतिक तनावमा राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदाय विभाजित भए । रसिया, चीन तथा अन्य देश विपक्षमा उभिएर कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानूनको उलंघन हो भनी अपदस्थ राष्ट्रपति मदुरोको समर्थनमा उभिए । युरोपियन युनियन तथा केही राष्ट्र मध्यमार्गमा उभिए ।

यस्तो विश्वको शीतयुद्धग्रस्तका ताजा समाचारका लागि आज नेपालका हरेक च्यानलहरुमा टीभीमा समाचार हेरुँ भनी पसेको थिएँ तर म पत्रकारहरू देखी हैरान भएँ । सबै च्यानलमा पत्रकारहरुले आफूलाई अमेरिका सवार गरी पुटिनले तथा चिनले भन्न त मिलिहाल्छ तर उहाँले चाहिँ विरोध गर्न नहुने त्यस्तो गर्न मिल्छ र भनी जति जवाफ दिँदा पनि र्यार्याख्ती पारिरहेका थिए ।

एफएम रेडियोमा त्यस्तै १ हरे लोकतन्त्र १ भोलि आफ्नो देशमा भुटानीक्रण, सिक्कीमिक्रणजस्तो दादागिरी भयो भने अरु देश चुपलाग्यो भने के हुन्छ रु बेलैमा चेत खुलोस् मुला अलपत्रकारहरुलाई । मैले खूब विजुली चम्काइदिएँ अरु के गर्न सक्थेँ र ..

फेरि तिम्रो कल्पना ज्वलन्त हुन थाल्यो । यस्तै कल्पनै कल्पनामा तिम्रो अन्तर्वार्ता टेलिभिजनमा हेर्दाहेर्दै, म टेलिभिजनभित्र तिमीसँग कुरा गर्न आएको थिएँ । फेरि कुराकानीसकेपछि आफ्नो कोठामा टेलिभिजनको पर्दाबाट फर्केको थिएँ । दुनियाँले यो नमान्ला तर त्यो हाम्रो भेट पारअलौकिक थियो । आदानप्रदान हरसम्भव भएको थियो ।

कागजमा ठुलो परिवर्तनपछि पनि देशमा सिन्कोसम्म भाँचिएन । परिवारका सबै सदस्यहरुले छोडेर गए । भोलिपल्ट गर्जनका साथ हुने भाषणको तयारी हुँदै थियो । त्यो गर्जन मनासिव थियो । त्यस्तो हुँकारको आवश्यक थियो । मलाई बाहिर जान बन्देज लगाइएको थियो । म आकाशको डिब्बाको कोठामै साउण्ड सिस्टमहरू मिलाउन थालेँ । यत्रो ठुलो कालो तारको टाउको आकारमा तिमी मङ्सिर ७ शुक्रवार साँझ आइपुग्यौ । मैले धेरै ठुलो साथ पाएँ । योभन्दा ठुलो साथ अरु हुनै सक्दैन । त्यो तिम्रो इमानदारिताको पनि शक्ति थियो । भोलिपल्ट प्रत्येक्ष हुँकारको धेरै कष्टकर यातनामय पञ्जाबाट छुटेपछिको प्रकाण्ड निस्कियो ।

मङ्सिर ८ नोभेम्बर २४, २०१९ वक्तव्य शुरु भयो 
“३०वर्षे पञ्चायती दमनलाई ४६ले पार लाउन सकेन । १० वर्षे जनयुद्धले जनताले मुक्तिका लागि महान् बलिदान गरे । घाइते जिउँदा शहीद थुप्रै छन् । लाखौं लाख शहीदहरू छन् । जसले रगतको खोला बगाए । तपाईंहरुले बगाएको रगत खेर जान दिने छैनौं ।

नेतृत्वमा भएको विचलनका विरुद्ध क्रान्ति गर्ने यो नेपाली जनतालाई माया गर्ने, नेपाली जनताको मुक्ति दिलाउने अठोटका साथ अघि बढेको यो पार्टी नेपालका सबै गणतन्त्रवादीहरुका निम्ति, नेपालका सबै श्रमजीवीहरुका निम्ति क्रान्तिकारी अभिवादन ।

यो कार्यक्रम नगराउन यत्ति धेरै षडयन्त्र भयो । हाम्रो यो कार्यक्रमका अगाडि गृहमन्त्रालय लाचार भए । तपाईं हाम्रो कांधमा धेरै जिम्मेबारी छ । सबै आम जनताहरुले यो जिम्मेबारी पुरा गर्न साथ तथा सहयोग गरिरहेका छन् ।

सँयुक्त सरकार राष्ट्रघातीहरुसँग प्याकेजमा सम्झौता गरी ठुलै राष्ट्रघात गर्ने मोर्चा खडा गरेका छन् । देश अहिले साम्राज्यवादी, भारतीयहरुको हातमा गएको छ । आफ्नो कुर्सीका निम्ति राष्ट्रलाई विदेशीका पाउमा राख्ने काम भएको छ । राष्ट्रघातले डरलााग्दो किसिमले मुख बाइरहेको छ । आफ्नो राष्ट्रघातलाई नसच्याउने हो भने नेपाली जनता आफ्नो देशको मुक्तिका लागि नामनिशान मेटाउनका लागि लड्नेछन् । यसका निम्ति हामीलाई साथ दिन आह्वान गर्दछौं । जनताको इच्छा भनेको राष्ट्रको स्वाधिनता आफ्नो राजनीतिक शक्तिको शासन स्थापित गर्नका निम्ति हो ।

दलाल पूँजीपतिहरुले श्रमजीवीहरुलाई थिचोमिचो गर्ने नीतिमा राष्ट्रघातीहरुले साथ दिइरहेका छन् । यो सरकारलाई मजदुर जनताको भोकप्यासको चिन्ता छैन । कसरी पैसा बढी कुम्ल्याउने होला रु यसको बढी चिन्ता छ ।

महिला दिदीबहिनीहरू बिनातनाब सुरक्षाका साथ बाहिर हिँडडुल गर्नसम्म सकेका छैनन् । यो निर्मलाको काण्ड अहिलेसम्म नसुल्झिनुको परिणाम हो । हाम्रो पार्टीले निर्मलाको हत्या, बलात्कार गर्नेलाई कार्वाही गर्नेछ । यसमा सरकारले तगारो हाली हस्तक्षेप गर्न पाइन्न ।

राजा महाराजाले त विदेशमा धन थुपारे–थुपारे तर अहिलेका शासकहरुले पनि अनेकौं बहानामा विदेश गएर खरबौं खरब रुपियाँ विदेशमा थुपारिरहेका छन् । उनीहरू कमिशन खोर हुन् । त्यसैले समाजमा फैलिरहेको हत्या आतङ्कमा यिनीहरू प्रमुख जिम्मेबार छन् । देश विकास नहुनुको कारण यो हो । त्यसैले शासकहरू भ्रष्ट र दलाल छन् ।

आम नेपाली जनताको आधारभुत आवश्यकता हाम्रो विचारबाट परिपुर्ति हुन्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले अँझै पनि निर्णयक युद्ध लड्नु आवश्यक छ । नेपाली जनताको हातमा सत्ता हुन, एक उत्पीडित जनताका निम्ति हामी वैज्ञानिक समाजवादमा आउन अपिल गर्दछौं ।”

ठुलो जनसमुदायले तालीका गडगडाहटले धरैबेरसम्म तालीले स्विकृत जनाए ।

तिमी र म त्यो गर्जन सुनेर रगत तातेकोमा जोस्सिएर रमायौँ । तल्लो वर्गदेखि हेर्दै देश विकास गरौं भन्न्नेलाई थिचोमिचो गरिरहेको हामी बुझ्छौंं । तिमी पनि त्यसैको चेपुवामा पर्यौ । यसले निम्नस्तरका ८०५ नेपाली जनताहरू चेपुवामा परिरहेका छन् । बाँकीका पनि अधिकांश मध्यम वर्गहरुका पनि यस्तै हालत छ । बाँकी धेरै ठुलो प्रतिशत पैसा कमाउनेहरू औलाले गन्न सकिन्छ । उनीहरू भ्रष्ट नभए पनि ठिक हुने हो तर ती पनि भ्रष्ट भएकाले देश विदेशीको खल्तीमा छ ।

शार्दूल १ तिम्रो भाषणहरू जनताहरुका लागि युट्युब र फेसबुकमा हेर्ने मनोरञ्जनको साधन भइरहेको छ । लागु गरेनन् कसैले । सिनेमा हेरेर त शिक्षा लिन सकिन्छ भने तिम्रो हरेक भाषणहरू व्यवहारमा लागु गरिदिए कति बेस हुने तर भएन । प्रायःले जानेकै छैनन् अनि जानेकाहरू पनि राम्रा कामका लागि एकजुट भएनन् । अनि नजान्नेहरू कसरी लागोस् । मुल कुरा के भने उनीहरुका लागि यही नै संसार भयो । घर पालुवा वस्तु सरहको, डरै डर बीच जोतिएपछि मात्र केही प्राप्ति हुने संसार भयो ।

आज तिम्रो नामका भाइरसहरू धेरै छन् । त्यो भनेको गरिब जनता शोष्न तिम्रो नामको स्कुल, अस्पताल, सहकारी आदि संस्थाहरू नै हुन् । अँझ डलर खेती गर्ने संस्थाहरू पनि प्रायः तिम्रै नामका छन् । योभन्दा बढी ठुलो तिम्रो नामको भाइरस अरु के नै हुन सक्छ र १ त्यसैले सबैजना तिम्रै गाथा गाउँदैछन् । सबैलाई थाहा छ तिम्रा बारेमा । खै तिमीले नै त्यहाँबाट न केही गर्न सक्यौ, न नै मैले नै यहाँ कैदको महफिलबाट उनीको टोपी लाएर केही गर्न सकेँ ।

“मिर्मिरे साँझमा सिमसिमे पानीमा” भने जसरी, साँझको साँकल सूर्यमा पनि नआस्ताउने गरी उदय जसरी रक्ताम्य उज्यालो निरन्तर दिई अन्धकार सदा पञ्छाउनेछ भनी झरीमा रुँदा जसरी थाहा नपाउने हो त्यस्तै सिमसिमे पानीका अविरल मनसुन बहाइरहेको छु ।

उही तिम्रो आकाश

लेखक - बिजु सुबेदी (बिजय) मझेरी डटकम