एनआरएन अमेरिकाको गरिमालाई स्वच्छ बनाउँने धृड

बाल जोशी

2 0


नेपालदृष्टि । नेपालदृष्टि । एनआरएन अमेरिकाको हालै न्युयोर्कमा सम्पन्न कार्यसमिति बैठकले ‘आन्तरिक सदस्यता प्रमाणीकरण समिति’ को सदस्यमा मनोनयन गरेर दिएको जिम्मेवारी अन्तर्गत कार्य गर्न सुरु गरेको पनि ५ दिन भएछ। यो क्रममा हामीले सयौँ सदस्यहरूलाई उँहाहरुले पेस गरेको विवरण अनुसार प्रमाणीकरण गर्‍यौ र त्यसको निरन्तरता जारी छ।
पहिले भनिए र सुनिए जस्तो ‘हार्ड ड्राइभ’मा राखेर सदस्य बनाउने अवसर कसैलाई नहोस् भन्ने हेतु एनआरएन अमेरिकाले निर्माण गरेको नयाँ वेबसाइटले गलत मनसायले सदस्य बनाउने प्रवृत्तिलाई धेरै भन्दा धेरै हद सम्म रोकेको छ। त्यसमाथि पनि रामकुमार सुबेदी संयोजक तथा म अनि पवन योञ्जन सदस्य रहेको प्रमाणीकरण समितिले वेबसाइट मार्फत आएका प्रत्येक सदस्यताका निवेदनलाई अत्यन्त सुक्ष्मरुपले केलाउने भएकोले पनि ‘बदमासी’ गर्न खोज्नेहरू को होस उडेको हुनु पर्छ। हामीले यही अनुरूप काम गरिरहे र बिना बाधा अड्चन काम गर्न पाइरहे एक जना पनि गलत सदस्यहरू बन्ने छैनन् र बनाउन सकिने छैन। यो मेरो दावा हो।


मलाई दिएको जिम्मेवारी पुरा गर्ने क्रममा कुनै पनि प्रकारको आन्तरिक वा बाह्य हस्तक्षेप म सहन गर्ने छैन। बर्षौ देखि बनाएको यो निष्कलंकित क्षबीमा एक रति पनि आँच आउन दिने छैन।

नआरएन अमेरिकाको गरिमालाई थप एक तह माथि पुर्‍याउन र सम्पूर्ण सदस्यहरूको विश्वासलाई झन् दृढ पार्न तन, मन, बचन र कर्मले समर्पित रहने छु।
संस्थालाई मर्यादित बनाउन र गलत मनसायले सदस्य बनाउने प्रवृत्तिलाई जरो देखि नै उखेलेर फाल्ने यो अभियानमा यदि कुनै ‘थाम्न नै नसकिने’ अवरोध सिर्जना भए वा गराइए सार्वजनिक रूपमा सम्पूर्ण विवरण खोली आन्तरिक प्रमाणीकरण समितिको जिम्मेवारीबाट आफूलाई मुक्त गर्ने छु।
अन्तमा, यो संस्था तपाईँ(हाम्रो भएकोले ढुक्क भएर संस्थाको सदस्यता लिन आग्रह गर्दछु।
                                                                                   

 लेखक जोशी एनआरएन अमेरिकाका सञ्चार संयोजक हुन्