राम्रो प्रस्तुति रहको छ “दिलमा राखे..”(भिडिया सहित)

1 0


      नेपालदृष्टि । आधुनिक गीतहरुका आ–आफ्ना बिशेषता हुन्छन । कसैले कसैसँग माया पिरति लगाउँने आग्रहमा दौडधुप गर्दछन भने कसैले बिछोडमा यिबोगका गीत गाएर प्रेमिकालाई फेरी माया गासिदेउ भनेर आग्रह गर्दछन । लगभग बजारमा आईरहेका प्राय - यस्तै भावनाहरुले लोतपोत भएका आधुनिक म्यूजिक भिडियोहरु देख्न र सुन्न पाईन्छन । 
     तर पानि हालसालै युट्युवबाट बजारमा सार्बजनि भएको “दिलमा राखिदेउ..”बोलको आधुनि गीतको म्यूजिक भिडियो पृथक शैलीबाट देख्न र सुन्न पाईन्छ । दिलमा राखेका धेरै भावनात्मक कुराहरुलाई खोतल्ने प्रयासमा युवा युवतीले माया पीरति दर्शाउँन गरिएको संवादलाई निकै मिठास र रोचक तरिकाले युवा गायकद्धय नवराज सेन्चुरी तथा सन्जु लामाले गाएका छन । शब्द–संगीत गायिका सन्जु लामाकै रहेको उक्त म्यूजिक भिडियोको निर्देशन पक्ष समालेका छन निर्देशक सोभित बि.क.ले भने सम्पूर्ण दृश्यहरुलाइ कुशल तरिकाले क्यामेरामा कैद गरेका छन छाँयाकार रामेश्वर हुमागाँइले । 


    उक्त म्यूजिक भिडियोको सम्पादन कार्य गरेका छन सम्पादक रबिन बि.क.ले भने संघर्ष म्यूजिकले दृश्य निर्माण गरेको छ । जसमा एरेन्जको कार्य गरेका छन प्रवेश दोङले । सो म्यूजिक भिडियोमा कुशल अभिनय गरेका छन मोडल महेश सेन्चुरी, कुमार सेन्चुुरी, रविना मुखिया, तथा पबित्र सत शंकरले । –साधना सानु
 

“दिलमा राखे..” म्यूजिक भिडियो