रतुवामाई नगरपालिकाको संक्षिप्त परिचय

2 0


नामकरण 

             नेपालदृष्टि । रतुवामाई नगरपालिकाको नामकरण यस नगरपालिकाको पूर्वतिर पर्ने रतुवा खोलाका नामका आधारमा रहेको हो । मोरंगको सिमानाका रुपमा रतुवा खोलालाई अघि रत्नमातृका भनिन्थ्यो । पछि यसैको अपभ्रंश भई रतुवा भन्न लागिएको हो । तसर्थ यस नगरपालिकाको नाम पनि रतुवामाई रहन गएको हो । यहाँ रत्नलाई रतुवा र भनियो भने माईलाई भने आमाका रुपमा यथावत राखेर रतुवामाई बनाइएकोहो । रत्नमातृका नदी एतिहासिक कालमा निकै प्रख्यात थियो, किनकि यसको किनारी भागमा  थुप्रै वस्तिहरु थिए । बुद्ध, अशोक र व्होनसंग नामक यात्रीहरुले यस क्षेत्र अतिनै महत्वपूर्ण छ। यस नगरपालिकाको पश्चिमतिर भने बक्राहा समावेश गरिएका छन् भने वरडंगा र गोविन्दपुरका केहि वडाहरु पनि यसमा समाविष्ट छन् ।

    तस्वीर–रतुवामाई नगरपालिकाको फाइल फोटो

   नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका इटहरा, महादेवा, झुर्किया, गोविन्दपुर को ९१,३,४,७० वडाहरू, वरडंगा को ९१,४,५,७० वडाहरू र सिजुवा गाउँ विकास समितिहरूलाई समेटेर २०७३ साल फाल्गुन २७ गते बनेको रतुवामाई नगरपालिका १० वडामा विभाजन गरिएको छ ।वि।सं। २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको कूल जनसंख्या ५५,३८० रहेको छ, जसमा महिला २९०४३ जना र पुरुष २६३३७ जना छन्। यसको क्षेत्रफल १४२।१५ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको सिजुवाको कार्यालयमा राखिएको छ ।

       यस रतुवामाई नगरपालिकाको खेती योग्य समतल जमिन

सिमाना 

रतुवामाई नगरपालिका मोरंगको दक्षिणपूर्वी  सिमानामा पर्दछ । यस नगरपालिकाको  सिमाना दक्षिणतिर भारतको बिहार प्रान्त, पूर्वमा रतुवाखोला , पश्चिममा सुन्वार्षी र पथरी शनिश्चरे नगरपालिका तथा उत्तरमा उर्लाबारी नगरपालिका पर्दछन् यसको पूर्वतिर भने रतुवा खोलाले झापा जिल्लाबाट छुट्याएको छ । यस नगरपालिकाको सम्पूर्ण भूभाग सम्म तराई भागमा पर्दछ । यसको भू-उपयोगको अवस्थामा अधिकांश भूभाग खेती योग्य समतल जमिनले ढाकेको छ ।