चलचित्र “अनुराग”मा धमलाको हमला(भिडियो सहित)

1 0



नेपलदृष्टि । पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्र ‘अनुराग’ कमलपोखरीस्थित् सिटी सेन्टरमा रहेको बिग मुभिजमाबाट सार्वजनिक भएको छ  । 
     चलचित्रमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा फिर्चड गरिएको छ । 
‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार ऋषि धमलाले बनाएको नेपाली कथानक चलचित्र अनुराग हेरे पछि उनको यस्तो प्रतिक्रिया  थियो, “धमला पत्नी नायिका एलिजा चलचित्र क्षेत्रमा नयाँ अनुहार भएपनि अभिनयको हिसाबले आफूलाई नयाँ नलागेको प्रतिक्रिया दिए । त्यस्तै उनले चललचित्रमा रहेको एउटा सम्वादसँग आफू सहमत नभएको पनि सुनाए । तर, उनले के सम्वाद हो भन्ने कुरा अहिले नभन्ने भन्दै त्यसबाट पन्छिन खोजे ।साँथै धमलाजस्तो सफल पत्रकारले चलचित्र क्षेत्रमा हात हालेर ठूलो योगदान पुर्याएको भन्दै उनलाई धन्यवादसमेत दिए।

    ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । अनुरागमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्मार्ण नियन्त्रक नबिन पुरी रहेका छन् ।  भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।  –साधना सानु

 

 

 

चलचित्र “अनुराग”सम्वन्धि ऋषि धमलासँग भएका कुराकानीको भिडियो