अश्लिल तस्वीर छाप्ने पत्रिकालाई कडा चेतावनी

2 0


आफ्नै पार्टी नेतृत्वको दुई तिहाई बहुमत सहितको सरकार सञ्चालनमा भएपनि समाजमा बढेका महिला हिंसा विरुद्धमा आम संगठन खरो उत्रिने 


       नेपालदृष्टि । नागरिक राष्ट्रिय दैनिकको साप्ताहिक परिशिष्टाङ्कमा पत्रिकाको ब्लोअपमा गायिका तथा मोडल लक्ष्मी आचार्यको नग्न बिम्ब झल्किने कुकुर सहितको तस्बिर प्रकाशित गरेको छ । नेपालमा दिन प्रतिदिन महिला हिंसाका घटना सार्वजनिक भइरहेकै बेला आमसञ्चार माध्यमले हिंसा नियन्त्रण गर्नुको साटो अश्लीलता झल्काउने साम्रगी प्रकाशन गरेको भन्दै  शनिबार पोखरामा अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्रदेश ४ ले उक्त साप्ताहिक जलाएर विरोध प्रर्दशन गरेको छ।
 

समाचार प्रकाशन गर्ने आमसञ्चारका साधनहरुले महिलाहरुलाई बिकाउ वस्तुको रुपमा चित्रित गराइरहेको संगठनको आरोप छ ।
               ‘अश्लीलता सार्वजनिक गर्न आमसञ्चारका माध्यमहरु नै बढी सक्रिय छन्,’ भने, ‘समाजमा भईरहेका बलात्कार, हत्या हिंसा प्रति जवाफदेही हुनुपर्ने सञ्चारमाध्यम नै अश्लीलता बेच्न उद्दत भएपछि जिम्मेवार को हुने ?’ अहिले आमसवालको प्रश्न रहेको छ । सञ्चार माध्यमलाई जिम्मेवार र जवाफदेही बनाउन सांकेतिक रुपमा विद्यार्थी संगठनले साप्ताहिक जलाएको मात्र यो एउटा शुरुवात हो ।   –साधना सानू

गायिका तथा मोडल लक्ष्मी आचार्यको नग्न बिम्ब झल्किने तस्बीरहरु