मंगल धुन बजाउनको लागि पञ्चेबाजा (भिडियो सहित)

२०७५ अश्विन ६, शनिबार

1 0


पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो  

 


नेपालदृष्टि। पञ्चेबाजा परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दछन्। हाल यो बाजा मुख्य रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ।
    पञ्चै बाजा (ञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, आदि।
     नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्व हुन्छ। त्यस्ता साईतहरूमा मंगल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो।

 (बिस्तृत जानकारीको लागि आगामि अंक)
 


 

शुभ साइतमा निस्किएको पञ्चेबाजाको भिडियो