अभिनय सिकेर कहिल्यै सकिदैन

२०७५ अश्विन ५, शुक्रबार

6 0



नेपालदृष्टि । म्याग्दीमा जन्मिएका युबा कलाकार विगत लामो समय देखिनै नेपाली  मोडलिङ क्षेत्र र चलचित्र क्षेत्रमा  निरन्तर सक्रिय रहदै आएका एक कुशल कलाकार हुन राहुल केसी । सानै देखी मोडलिङमा केहि गर्ने सोच भएका राहुल अहिले सम्म यहि अभियानमा नै  छन्, तर पनि उनको यो यात्राले  आरम पाएको छेैन । अभिनय भन्ने कुरा कहिल्यै सिकेर नसकिने उनको धारण पनि नरहेको होइन । एउटा सफल कलाकारको लागि अभिनय यात्रा भनेको जिन्दगी भरीनै उसैलाई पच्छाँइ रहने उसैको छाँया हो, यसमा उनको यस्तो तर्क छ । हुन पनि हो स्वदेशमा पनि ब्यस्त रहेका यी कलाकार बिदेशमा पनि उतिकै ब्यस्त देखिन्छ आफ्ना नयाँ नयाँ सिर्जनाहरु सँग ।

    यस्तै उनको हाल बजारमा आउने तयारीमा छ  “म्याग्दीको बयान” कालिगण्डकी सिने म्याक्सको प्रस्तुति रहेको उक्त गीति भिडियोमा स्वर रहेको छ गायकद्धय झलक बिरही र कृष्ण परियारको, भने निर्देशनपक्ष समालेका छन राजु केसी र दिपषा बिसीले । त्यस्तै उक्त गीतको लय,शब्द रहेको छ बिपीन पौडेलको । छाँयाकार राजु केसीले खिचेको सो गीति भिडियोमा साहयक छाँयाकारका रुपमा रहेका छन सूर्य महर्जन । र उक्त भिडियोको सम्पादन कार्य गरेका छन सम्पादक अवकी शर्माले । 


 म्याग्दीका बिभिन्न रमण्यि स्थलमा छाँयाकन भएको उक्त  भिडियो गीतमा राम्रो अभिनय गरेका छन मोडलद्धय राहुल केसी र दिपाषा बिसीले । कालिगण्डकी सिने म्याक्सले उत्पाद गरेको सो “म्याग्दीको बयान”गीति एल्वमको मुख्य उदेश्य रहेको छ ‘म्याग्दी भर्मण २०७५ लाई भब्यरुपमा सफल पारौ’

  कलाकार रमेश बुढाथोकीकासाँथ केसी

 

 यसरी कलामानै संर्पित हुनको कारणमा  उनी भन्छन्, “म अली फरक किशिमको अनिभय गर्न रुचाउछु । अहिले सम्म त्यस्तो अवसर मिलिगएको हैन । म सँग चलचित्र निमार्ण सम्वन्धि पनि नौला सोचहरु नभएका होइन तर त्यसलाइ पूर्णरुपमा प्रयोग गर्न पाइराखेको छुइन। जुन दिन मेरो यो इच्छाँ पुरा हुने छ मात्र म सफल कलाकार भएको महसुस गर्ने छु ।”   
 

   चलचित्र किशान र  भिडियो गीतमा कलाकार केसी


 हाल अमेरिकामा बस्दै आएका अभिनेता केसीका अनुसार,– “पहिलो कुरा, त कलाकार बन्नलाई, यसको ठूलो चुनौती र समस्या भनेकै आफूमा अभिनय कलाको क्षमता छ कि छैन ? भन्ने हो । त्यसपछि धेरै त्यस्ता क्षमता भएका व्यक्तिहरु पनि अवसर नपाएर पछाडि सर्नुपर्ने अवस्था यस क्षेत्रमा नरहेको पनि होइन । यो अवस्थामा जो मान्छे फिल्म निर्माण गर्छ, जोसँग पैसा छ, उनीहरु आफ्नै खुसीमा निमाण पक्षको खोजीको दौडमा हुन्छन् । त्यसैले ट्याँलेण्ट मात्रै लिएर आउने मान्छेसँग पैसा छैन भने यो चुनौती पार गर्न सक्दैन ।  –सोम सानु

फेरी भेटौला कलाकार तेजेन्द केसी