
मलेसियामा नेपालीहरु मदिरा सेवनबाट मृत्यु र बिरामी परेका छन
२०७५ अश्विन ३, बुधबार
1 0
सुनगाई बुलोच अस्पतालमा पाँच जनाको र काजङ अस्पतालमा एक जनाको मृत्यु
नेपालदृष्टि । मलेसियाको सेलेङगर शहरमा रोजगारीका लागि गएकाहरु नोपलीहरु अत्यधिक मदिरा सेवनबाट मृत्यु र बिरामी परेका छन । उक्त विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । अन्य १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।
मलेसियाको राजाको जन्मोत्सवको अवसरमा दिइएको सार्वजनिक विदाको दिन उनीहरुले मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेकाहरुलाई सुरुमा सास फेर्न गाह्रो हुने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो । त्यसलगत्तै उनीहरुलाई अस्पताल पु¥याइएको थियो । बिरामी परेकाहरुमध्ये सुनगाई बुलोच अस्पतालमा ९ जनाको र काजङ अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।

व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा पनि एक–एक जनाको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । बिरामी परेकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
त्यस्तै सुनगाई बुलोच अस्पतालमा पाँच जनाको र काजङ अस्पतालमा एक जनाको मृत्यु भएको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिएका छन ।