“मिस्टर एन्ड मिस थारु”को अडिसन भाद्र २४ गते बुटवलमा

2 0


२५ गते चितवन , २७ गते लाहान , २८ गते इटहरी र अन्तिम अडिसन ३० गते काठमाडौमा 


   नेपालदृष्टि । थारु सामाजका सक्रिय युवयुवतीहरुलाई हरेक क्षेत्रमा आगाडी बढ्न प्रोत्साहन गर्ने उदेश्यले “मिस्टर एण्ड मिस थारु”को आयोजन गरिएको हो । यसै क्रममा धनगढी, मिस्टर एन्ड मिस थारु सिजन २ को पहिलो अडिसन भाद्र २२ गते धनगढीमा सम्पन्न भैइसकेको छ। होटेल रुबस मा सम्पन उक्त अडिसनमा राष्ट्रिय थारु कलाकार संघक्क अध्यक्ष बिनय बैध , युवाअभियन्ता ठाकुर कारीप्रधान र नायिका तथा मोडेल सुनिता दहितले निर्णायकको भुमिका कुशलतापूर्ण निर्वाह गर्नुभएको थिए। 
   

  तेसैगरी थारु कल्यांकरिणी सभा कैलालीका सचिव मादव चौधरी, थारु कल्यांकरिणी सभा कैलालीका सुनिता चौधरी, मुक्ति डगरका प्रत्रकार उनीति चौधरी , परिवार गृहका दिलेन्द्र चौधरी उपस्थित रहेको थियो । आयोजकका अनुसार आगमि अडिसन भाद्र २४ गते, बुटवलको होटेल मलिनमा हुने भएको छ। यसैगरी २५ गते चितवन , २७ गते लाहान , २८ गते इटहरी र अन्तिम अडिसन ३० गते काठमाडौमा हुनेभएको छ ।

थारु भेषभूसामा सजिएकी युवती