
क्रिकेट टोली आज स्वदेश फर्किदै
२०७५ भाद्र २१, विहिबार
1 0
सन्दीप लामिाछाने पनि टोलीसँगै आज फर्किने
नेपालदृष्टि। एसीसी एसिया कप छनोट खेलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै छ । अगस्ट २९ देखि भएको एसिया कप छनोटमा सहभागि भएको नेपाल लिग चरणका तीन खेलमा पराजित भएपछि लिग चरणबाटै बाहिरिएको थियो । नेपालले छनोटमा ओमान, यूएई र हङकङसँग पराजित भएपछि मलेसिया र सिंगापुरलाई जिते पनि त्यो लिग चरण पूरा गर्न कठिन भएको थियो । लिग चरणको अन्तिम खेल हङकङसँग खेलेको नेपालका ब्याट्सम्यान चल्न नसकेपछि ३ विकेटले पराजित भएको थियो ।
राष्ट्रिय टोलीबाट एसिया कप छनोट खेल्न मलेसिया पुगेका सन्दीप लामिाछाने पनि टोलीसँगै शुक्रबार नेपाल फर्किने भएका छन् ।
