मदन पुरस्कार विजेता निलम कार्की र उनको कथा(जन्मिन नपाएका नानीहरु)

सोम सानू

२०७५ भाद्र १६, शनिबार

3 0


सहित्य 


१६ भदौ,नेपालदृष्टि । यस वर्षको मदन पुरस्कार निलम कार्की ‘निहारिका’ को ‘योगमाया‘ ले पाएको छ। उनको सो उपन्यासकी पात्र योगमाया न्यौपाने १९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी थिइन ।  यीनै योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ताको रुपमा चिनिन्थिन । उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन्। अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन्। तिनै योगमायाका बारेमा साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो योगमाया। 
     लेखक कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको 
थियो । उनको लेखाइको क्रमको शुरुवाति(जन्मिन नपाएका नानीहरु)
 कथालाई यहाँ प्रस्तुत गरिएको छ ।   

    कथाको उत्तरवर्ति चरण र प्रबृत्तिको सशक्त कथा लेखिका हुन निलम कार्की निहारिका । “मातृत्वका यी दुई रुप”शीर्षकको कथाबाट २०५१साल देखि कथा यात्रामा लागेकि हुन । उनको यो पहिलो कृति दिपशिखा पत्रिकामा प्रकाशित भएको थियो । हवन, कागतमा दस्तखत र बेली यिनका कथा सङ्ग्रह हुन । 
   कथाको उत्तरबर्ती चरण र प्रबृतिकी सशक्त कथा लेखिका हुन नीलम कार्की निहारिका । “मातृत्वका यी दुई रुप”शीर्षकको कथाबाट २०५१ साल देखि कथा यात्रामा लागेकि हुन । उनको यो पहिलो कृति दिपशिखा पत्रिकामा प्रकाशित भएको थियो । हवन, कागजमा दस्तवखत र बेली यिनका कथा संग्रह हुन ।मातृत्व, नारी संवेदना, नारी अस्तित्व र अनुभूतिका विभिध पक्ष्को शुक्ष्म चरित्रनै यिनको लेखनको मुख्य बिशेषता हो । नारी मनोविज्ञान र बालमनोविज्ञानका शुक्ष्म पक्ष्को चित्रणका साँथै पात्रहरुको मनोदशाको गहिराइमा प्रबेश गर्ने प्रबृति पनि उनको  मानविय संवेगलाइ उजागर गर्ने उनको शैलि कथामा सरल भाषाको प्रयोग र आर्कषक शैलि ढाँचाको उनको प्रबृति रहेको छ । यिनै बिशेषतासँग जाडिएको उनको चर्चित कथा “जन्मिन अर्को उल्लेखनिय बिशेषता रहेको छ । यस बाहेक सामाजिक समस्या, ब्यक्तिका कमि कमजोरी, रनपाएका नानीहरु” यहाँ प्रस्तुत गरिएको छ । 

  
   जन्मिन नपाएका नानीहरु 
  हतारहतार घरबाट बाहिरिन्छु । केहि दिन भयो शोधकार्यमा ब्यस्त छु । मेरो शोधकार्य एक नविन तथ्यको खाजी, नवज्ञानोन्मुख क्रियाकलाप । 
   म भित्र अटेसमटेस प्रश्नहरु छन । अन्र्तवार्ता प्रश्न,अवलोकन फारमका प्रश्न छन । प्रश्नका ठेलि बोकेर केहि दिनको नियमित दिनचर्या झैँ पुग्छु उहि क्लिनिकमा । एक बिख्यात स्त्रीरोग विशेषज्ञको क्लिनिक । 
मरो सोधप्रश्नको बिषय–जन्मिन नपाएका नानीहरु ।
मेरो शोधको प्रायोजन–उपाधि हासिल गर्नु । 
शोधको क्षेत्र –भूणहत्याको अध्यायन र विश्लेषण । 
    शोधशीर्षक चयनका आधार– मेरो रुचि,सामाग्रीको उपलब्धता, आजको आवश्यकता, अनि स्वंयम् ब्यवहारिक ज्ञान,अनुभव र दक्षता । 
   शोध औचित्य–बास्तवमै भन्ने हो भने आत्मसन्तुष्टि ।
   म शोधार्थी,आफैसँग र ति आमासँग । 
   म मा धैर्य छैन तर तृष्णा छ र लगनशील पनि छु । पूर्वाग्रह हुन्छ हुन्न,म भन्नसक्दिनँ। ममा ज्ञान छ अभ्यास छ । 
  रातो फाइल बोकेर दिनहुँजस्तै आज पनि म उपस्थित हुन्छु त्यस क्लिनिकमा । म पुग्दा क्रमवद्ध मिलेर लस्करै कुर्सिमा बसेका छन् आमाहरु सन्तानको हत्या गर्ने पालो पर्खेर । आतुर छन आमाहरु, बेचैनी छ पालो कहिले आउने हो मेरा रु मेरो वेला भएनरु छिटै गरिदिनुहोस न । उ भित्रको नानी पनि पर्खेर बसेको हुन सक्छ कहिले पुरा हुने नौ महिना अनि च्वाँच्याँ गर्दै यो धरतिमा सफल अवतरण गर्ने? यीनहरुले सपना देख्दाहुन सुन्दर संसारको । 
  आमाको पेट भित्र पाठेघर, पाठेघरभित्र तरल पानी,पानीभित्र सुरक्षको जाली, जालिभित्र उ । प्रकृतिले कति सुरक्षा दिएकि त्यो अबोध नानीका लागि न्याँनो सुरक्षा । सुरक्षामा मस्त सुतेको उ । उ आफ्नो हत्याको तयरीबाट कति अनभिज्ञ ? शंका छैन कुनै । आफ्नो आमामाथि संका उ कसरी गर्न सक्छ ? उ मस्त छ । नौ महिन गनिरहेछ । सबैसँग अपरिचित उसले चिनेको जानेको छ त आफ्नै आमाको तातो रगत जानेको छ । अरु नाता सम्वन्धसँग अहिले के सरोकार ?
  उ जन्मदा पहिलो बोली च्याँ गरी रुनु पर्छ । रोएपछि जीवनको सुरुवात हुन्छ । अव उ रुन नपाउने त ?
   भ्रुण सोच्दो हो –मेरी आमाले प्रसबेदना सहेर यस धर्तिमा टेकाउने छिन ।धन्य आमा, धन्य, तिमी पूजनिय छौ । 
   आमाहरु क्रमबद्ध बसेका छ,आफ्नो सन्तानको हत्या गर्ने पालो पर्खेर । भित्रिकोठाको एक कुनामा बसेर म भ्याँलबाछ च्याँइरहेकि छु,अवलोकन गरिराखेकि छु । अब मेरो पालो आयो  ।अब प्रतिक्षा सकिएको मा दङ्ग पर्छन पालो आउनेहरु । प्रत्येक आमाले आफ्नो गर्भ मिल्काउनु अगाडि मलाइ भेटेर छोटो बार्तालाप गर्ने चाजोपाँजो मिलाइदिएको छ । म त्यहिकै कर्मचारी झैँ भएर बसेकी छु, पोशाक परिर्वतन गरेर । मैले जम्मा लिने सेम्पल सय । म क्रमश – अन्र्तवार्ता  लिन्छु  

१।नाम – रिता सिम्खडा
बर्षः३५
ठेगानाः ललितपुर, इमाडोल
पेशाः नोकरी
गर्भपतन गराउनको कारणः दुईवटा छदैछन, अव नपाउने, पुग्यो । नराख्ने भन्दाभन्दै बसिहाल्यो। 
२।नामः अञ्जना थापा
बर्षः ३२
ठेगानाः कैलालि टिकापुर 
पेशाः गृहणी 
कारणः तिनवटा छारी छन्, अहिले पनि छारीनै छ रे ।
३। नामः प्रिया पोखरेल 
बर्षः २२
ठेगानाः झापा विर्तामोड
पेशाः कुखुरा पालन 
कारणः –(मौन) उसले अर्की स्वास्नी लिएर भाग्यो । 
उसको अनुहारमा घृणा र रिस छ ।
४। नम्रता जोशी
बर्षः २२
ठेगानाः सिन्दुलीमाढी
पेशाः अध्ययन 
कारणः –मौन, मौन, मौन, विहा भएको छैन हो? केहि छैन मसँग लुकाउने पर्दैन । म उसको हाँत सुमसुमाउछु । नम्रता आशु चुहाँउछे ।
–कसरी भयो ?
– मैले ठुलो विश्वास गरे तर उसले धोका दियो । बिहे गरेन मसँग । 
५। नामः कोपिला श्रेष्ठ
बर्षः २९
ठेगानाः तानसेन, पाल्पा 
पेशाः व्यूटिपार्लर
कारणः एउटा छ धेरै पाएर के गर्ने ? शिक्षादीक्षा, खानलाउन राम्रो दिन सकिदैन । 
६। कुमारी चौधरी 
बर्षः ३५
ठेगानाः कपिलबस्तु
पेशाः कृषि
कारणः पाँच जना छन, फेरि।।।ना बाबा ना।।अब पुग्यो । 
– पुग्यो त किन? बन्द गर्नुपर्दैन?
– मान्दैनन् । मान्दैमान्दैनन् लाहानीका बाबुले । 
७।कमला प्रसाई
बर्षः१९
ठेगानाः धरान
पेसाः अध्ययन
कारणः बिहे गरेको तीन महिना मात्र भएको थियो । घरमा भित्राएका पनि छैनन् । श्रीमानलाई गोली लागेर अहिले हुनुहुन्न र राख्न चाहान्थे । तर के गर्नु ?
८। नामः सम्झना ओझा 
बर्ष २८
ठेगानाः बिराटनगर 
पेसाः गृहिणी
कारणः श्रीमान तीन बर्ष भयो बिदेश गएको । आयश्था छैन । –लाज मान्दै भन्छे,
९. रीता गुरुङ 
बर्षः २४
पेसाः होटल ब्यवसाय
ठेगानाः पर्सा
कारणः यसलाइ कस्ले स्वीकार्छ? को बाबु बन्छ ?
१०। नामः सविना नेपाली
बर्षः १६
ठेगानाः पोखरा
पेसाः कृर्षि
कारणः चार महिन अघि सामुहिक बलात्कार, बलात्कारी निर्दोष सावित । 
 ११। नामः डाल्मा शेर्पा
बर्षः ४६
पेसाः अध्ययन
ठगानाः काभ्रे 
कारणः चालिस बर्ष काटिसके ,नातिनातिनी जन्मिसके । अव समाजले मलाई के भन्छ ?
  पालोमा परेकाहरुलाइ प्रश्न गर्दै जान्छु । यो क्रम चलिरहेछ केहि दिनदेखि । 
हत्याको प्रयक्ष्य दर्शी म । हत्यामा सम्लग्न छन डाक्टर र नर्स । सहयागी छन्, नानीका बाबुआमा,आफ्न्तमा जो सबै भन्दा नजिका छन । प्रत्यक्षदर्शी म । तर यो हत्याको न मलाइ कहिँ बयान दिनु छ, नत कहीँ सुनुवाइ नै हुन्छ । हत्या भैइरहेछ धमाधम । 
   अर्को दिन म त्यहि ठाँउमा पुग्छु । ठिक त्यहि सयममा । निर्देशिकामा भर्छु । मेरो काम सोधकार्य पुरा गर्नु मात्र न हो । गर्भ पतन गराउनु या नानीहरुको अकाल हत्याको कारण,आज मैले जे सुने त्यस्तो छ ः 
  बिदेश जान लागेकी छु त्यसैले । 
  मेरो पढाइ पुरा भएको छैन, पढाइमा बाधा पार्छ । 
  श्रीमानको पहिलो पटिबाट छोरा बुहारी,छोरी ज्वाइ सबै छन । मैले नपाउने सर्तमा बिहे गरेको रे । मेरै बुबासँग त्यहि दिन कुरा भाथ्यो रे भन्छन । 
  माल्किनले थहाँ पाए बित्यास परिहाल्छनी ? कहाँ माल्किन कहाँ म ?
  बल्ल एघार पढ्दै छु, उ बाह्मा । हाम्रो अहिले बिहे गर्ने बेला पनि त भएको छै न 
   पाल्न सक्दिैनन हजुर । रहर थियो नि । श्रीमान सधैको बिरामी । आज मजदुरी नगेर मुखमा माड लाग्दैन । 
 – हामीलाइ निको नहुने सरुवा रोग लागेको छ । 
 – बन्दुकको कुन्दाले हिर्कायो, बच्चा भित्रै मरिसके छ । 
  –कलाकारको बिहे हुदैमा त दशर्कको क्रेज घट्दो रहेछ । केहि बर्ष तपाउने, अझै केहि गर्ने छ । अहिले क्रियसनको वेला हो । कसरी आफ्नो क्यरियर बिर्गानु । 
  – हाम्रो धन्दामा बच्चाँ भए फाल्नु पर्छ ,जन्माउन कहाँ पाइन्छ र ? 
  –उसले झुटो माया गरेको रहेछ । मैले त साचो नै सम्झे । जन्माउने त इच्छा थियो तर।।।। 
   –आफ्नो नाता भित्रको हाडनाताको सम्वन्ध । हातको सेतो पन्जा रगतले लतपतिएको छ । डाक्टरले एउटा भ्रूणलाइ बकेटमा मिल्काएपछि, अर्को निकाल्ने तयारीमा अर्को नयाँ पन्जा फेर्छ । रगत नलागेको किटाणुरहित पन्जा । 
ऐय्या।।। । 
  कुनै बेला सुनिन्छ आमाको चित्कार । ऐय्या।।। मैले सुने,र त्यो आवज अरुले पनि सुने । तिखो औजारले छेडीछेडी टुक्रा टुक्रा पार्दा नानी पनि एैया गर्दा हुुन । आमाकै गभैमा चिच्याँउदा हुन नानी । स्वयम् आमाहरुसँग पनि पुग्न पाउदैन उनिहरुको चित्कार । उनिहरु टुक्रा टुक्रा भएर मुल्किन्छ वाल्टिनभित्रको फोहोरमा । 
  दिनहुँ दर्जनौ भूणहरुको एउटै अवशेष  । मात्र हत्यामा समलग्न रहनेहरु पैसाको लेनदेन गछैन र बाटो साट्छन । 
 मेरो काख चसक्क दःख्छ । 
 मेरा तथ्यांक संकलनको अन्तिम दिन । 
मेरो तथ्याङ्कभित्र परेका यी नानीहरु एउटा चिहानमा जलिरहेका छन । फोहोर जलाउने मेसिनभित्र चर्को रापमा दनदनी । 
यति बेला सोकधुन बज्दैनन् । यति बेलो शोकको आँशु कतै झर्दैन, मातृहृदय चसक्क चसकन्न । 
नानीहरु खरानी भैसके । कसँग अवशेष छ –संकलित खेस्रा सामाग्री । मैले त्यसको अध्ययन,प्रशोधन,ब्यवस्थापन,सम्पादन गर्नु छ कागजको पानामा । 
  यस नानीहरुको बर्गिकरण, तालिकीकरण गर्नु छ, चित्रात्मक प्रस्तुति गर्नु छ । डन्डारेखामा बाँड्नु छ,बृत्तरेखामा कोर्नु छ । प्रतिशतमा बाँडचुड गरेर रेखाचित्रमा ढाल्नु छ ।
  नानीहरुको हत्याको ब्यख्या, बिश्लेषण गर्नु छ । खण्डनमण्डन र सम्शोधन गरी निष्र्कष निकाल्नु छ । 
  सम्पूर्ण सय नानीहरुको हत्या बिवरण बोकेर म फर्किरहेको छु घरतिर । मैले अव ट्ङ्कन गरेर सुन्दर गाताबन्दीमा पेश गर्नु पर्ने छ जन्मन नपाएका नानीहरुका कथा । 
  सुन्दर गाता नानीहरुका लागि सुन्दर नाता । 
मेरो अघिल्तिर नानीहरु छुनुमुनु छुनुमुनु गर्दै हिडेका छन । ताते ताते गर्दै बामे सरेका छन । फूल जस्तै कोमल पुष्प । सनौला हाँतहरु,सुनकेस्रा कपाल,गुलावी छाला, सुन्दर आँखा । खेल्छन,कुद्छन, छरपस्टमा म बाटे मोडिन्छु । 
  अर्को घुम्तिमा भेट्छु–स्कूलको पोशाकमा लामबद्ध नानीहरु,मलाइ बिदाइको हाँत हल्लाउदै । मेरै अघिल्तिरको बाटोबाट । 
  म गन्दै जान्छु–एक दुइ तिन,अन्ठानब्बे, उनान्सय, सय र एक सय एक । एक सय एकले मलाइ फर्किफर्कि हेर्छ । दुरुस्त म, मेरो बचपनको फोटो जस्तै । म हेरिरहन्छु ।
   चसक्क भएर मेरो कोख दुःख्छ । 
  म थचक्क भुईमा बस्छु । टाउको उठाउछु बिस्तारै बिस्तारै । त्यहाँ केहि छैन मात्र सून्यता अनि उदाङ्ग सडक र सडक छेउमा भत्किदै गरेको घरहरु र उराठ लाग्दो तिनीहरुका अवशेष । चारैतिर गुञ्जावट फैलिन्छ तिनै अवोध चिच्याँवट ।
  मेरो कोख दुःखिरहन्छ मन्द मन्द ।