बिधालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

खड्ग बेदना

0 0


 जिल्ला स्तरिय  प्रतियोगितामा भदौ १५ गते बिराटनगरमा हुने 


      नेपालदृष्टि । प्याब्सन रतुवामाई नगरपालिका समितिको आयोजनामा आज अन्तर बिधालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा मुनालाईट ईङ्लिस स्कुल झुर्किया प्रथम ,मुनाल आर्दश ईङलिस स्कुल,सौठा दोश्रो ,पाथिभरा ईङलिस बोर्डिङ स्कुल सिजुवा तेस्रो भएकाछन् । रतुवामाई(१० स्थित राष्ट निर्माण सेकेण्डरी बोडिङ स्कुलको सभाहलमा भएको प्रतियोगितामा रतुवामाई नगरपालिकाका ६ वटा बिधालयहरू सहभागी रहेका थिए । प्याब्सन रतुवामाई नगरपालिका समितिका संयोजक बिस्वास ढकालको सभापतित्व तथा रतुवामाई नगरपालिका नगर प्रमुख रविन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डोरनाथ घिमिरे,सुनिल पौडेल,लेखनाथ भट्टराई लगायतले मन्तब्य बोल्नु भएको । सो कार्यक्रमको सञ्चालन तथा व्यबस्थापन अनिस कार्कीले गर्नु भएको थियो । सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने बिधालय आगामी भदौ १५ गते बिराटनगरमा हुने मोरङ जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा भाग लिनेछन् ।