धिरज खत्री धेरै सम्भावना बोकेका कलाकार हुन

साधना शर्मा

5 0


  नेपालदृष्टि । तीज जति नजिकिदै छ त्यतिनै गायक, गायिकाहरुलाइ तीज गीतको चटारो परेको देखिन्छ । ब्यवसायिक होस या लोकप्रियाताको लागि होस सबै संगाीतकर्मी यसैमा ब्यस्त देखिएका छन । यसै क्रममा गायक धिरज खत्रीको तीजको भाकाको”बुझिदेउ शीवजी मनका कुरा”बोलको गीतमा ब्यस्तताकासाँथ छाएका छन । उक्त तीज भाकाको गीतको लय तथा शब्द ममता खत्री(बस्नेत)को रहेको छ ।  


   लगभग एक दर्जन जति गीतहरु गाइसकेका गायक धिरजले नृत्य निर्देशन पनि गदै आएका छन । आफूले गायका अधिकांश गीत हरुमा कुशल अभिनय पनि देखाइ सकेका खत्री अहिलेका ब्यस्त मोडलका रुपमा परिचित छन । गायन, मोडलिङ र नृत्य निर्देशन यी तिनै वटा बिधाका सक्षम धिरजको “ आकाशवाणी”बोलको गीतबाट गायन यात्राको शुरुवात मान्न सकिन्छ । 
      “बुझिदेउ मनका कुरा, सुुसेलु ती भाका, मेरो माया बढि, क्षेमा देवि माई, जोगाइ राख हाम्रो मायालाई, यस पालि त मैले सिउदो नभरेत हुने छ सारा सपना अधुरा,” जस्ता गीहरु धिरज खत्रीले गाइसकेका छन । उनकै दमदार अभिनय रहेका यी गीतहरु भिडियोसहित बजारमा आएका छन । ममता खत्री(बस्नेत)का रचना रहेका यी गीतहरु आधुनि तथा लोकभाका रहेका छन । 

(नायक निखिल उप्रेतीका साँथ धिरज)


    नेपाली गीत संगीतको वर्तमान अवस्थालार्ई हेर्ने हो भने अहिले नेपाली गीत संगीतमा व्यावसायिक रुपले धरापमा परेको अवस्था छ । यस क्षेत्रमालगानी गर्नेको लागि केवल वालुवामा पानी हाले सरह पैसा खर्चिनु पर्ने अवस्था छ । यस्तो अवस्थामा नेपाली गीत संगीतको अवस्थालार्ई निर्मूल पार्नका लागि कही कतैबाट पनि पहल भएको अवस्था छैन । यस्तो जर्जर अवस्थामा पनि नेपाली गीत संगीतमा लाग्ने सर्जक कलाकारहरुको कमी भने भएको देखिदैन । दिनप्रतिदिन यस क्षेत्रमा आउनेहरुको भीड लागिरहेको छ । यसै सिलसिलामा नेपाली गीत,संगीत क्षेत्रमा सँघर्ष गर्दै आएका बहुप्रतिभाशाली यी  कलाकार धिरज खत्री धेरै सम्भावना बोकेका कलाकार हुन । 

(गीत रेर्कडिङ स्टुडियोमा गायक धिरज)


         आफुले गायकका बाहेक लगभग तीस वटा जति गीतहरुमा मोडलिङ गरिसकेका धिरज समय मिलेसँगै कारियोग्राफ पनि गदै आएका छन ।      नयाँ धारका गीतहरुको सिर्जना होस भनि लागिपरेका यी सर्जक धिरज कसरी हुन्छ यस क्षेत्रलाइ ब्यवासायिक तथा मर्यादित बनाउने क्रममा लागि परेका छन । तीजका गीतहरुमा अभिनय गर्ने क्रममा अहिले निकै ब्यस्त देखिएका खत्रीको अहिलेको अन्तिम गीत “ यस पालि त मैले सिउदो नभरे त, हुने छ सारा सपना अधुरा,” जो गीत उनको जीवनमा मिल्दो जुल्दो भएको छ । आफ्नी जीवन साँथीको बियोगमा अल्मलिएका यी गायक पुन . नयाँ गृहस्थी को सुरसारमा देखिन्छन । जसले उनको ब्यस्ततालाइ राहत मिल्ने छ । र यस क्षेत्रमा बढी समय मिल्ने छ । जसका कारण उनको केरियरले सफलता चुम्न सकोस हाम्रो शुभकामना छ ।


          गीतकार ममता खत्री(बस्नेत)
 “म सँग अहिले पनि दर्जन भन्दा बढि गीतहरु छन । गीतै लेख्न भनेर कहिल्यै लेखिन । कुनै घट्ना र परिस्थीतिले आफैमा शब्द खेल्न थालेपछि मात्र म गीत कोर्न थाल्छु । गीत कसलाई दिने, कहाँ गएर रेर्कड गर्ने ? यी दुविधा हामीमा छदै छ । गायकहरुले गीत खोज्दै हिड्ने यहाँ चलन छैन । नाम चलेका र पौउँच भएकाहरुका गीतकारहरुका मात्र गीत रेर्कड हुन्छन र बज्दछन् । संयोगवस् कुनै बेला गीत चलेमा त्यसको प्रत्यक्ष फाइदामको भागी गीतकार हुनसक्दैनन् । र आफ्नो लगानीमा गीत रेर्कड गर्न पनि सक्दैनन् । यी यस्ता कारणले पनि राम्रा गीकारहरु ओझलमा पर्दै गएका हुन । गीत लेखनको बारेमा ममता खत्री(बस्नेत)यसरी प्रष्टिन्छन् ।”