
लम्जुङ काठमाडौं संपर्क समितिमा घले मनोनयन
0 0
२९ साउन,नेपालदृष्टि । बिगत एक दसक देखी नेपाल विद्यार्थी संघमा आबद्ग रहदै आएका धन घले नेपाल विद्यार्थी संघ, लम्जुङ काठमाडौं संपर्क समितिको उपाध्यक्षमा मनोनयन भएका छन ।
लम्जुङ दोर्दी गाउपालिकाका घले अत्यन्तै मिनसार, सहयोगी तथा समाजसेवीकारुपमा परिचित छन् । मनोनयन पस्चात् घलेले भने ‘म विद्यार्थी एकता, लोकतन्त्र र समाजवादको निम्ती सदै कटीबद्ध भएर लाग्ने प्रणका साथ् विद्यार्थी राजनीतिमा आएको हुँ र अबका दिनहरुमा अझ ससक्त रुपमा अघी बड्ने आधारशिला तयार भएको महसुस गरेको घन घलेले बक्त गरे ।