विद्यालय बन्द गराउनेलाई कडा कारवाही

1 0



 नेपालदृष्टि । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय बन्द गराउने जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिएको छ । शान्ति सुरक्षा आवश्यक परेमा प्रहरी कन्ट्रोसंगठनहरुले यही असार २०, २१ र २२ गते विद्यालय बन्द आह्वान गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने शान्ति सुरक्षा सदृढ भएकाले डर नमानिकन पठनपाठन सन्चालन गर्न भनेको छ ।
लको फोननम्बर १००, जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ । यसअघि विप्लव नेतृत्वको अखिल क्रान्तिकारीसहितका विद्यार्थी 
सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जारी गरेको विज्ञप्तिमा ‘विद्यालयको पठनपाठन बन्द गराउने जो कोहीलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने’ उल्लेख छ

विज्ञप्तिमा थप लेखिएको छ, ‘जिल्लाको शान्ति सुरक्षा सदृढ भएको वर्तमान अवस्थामा विना भय र त्रासका साथ विद्यालय तथा पठनपाठन क्रियाकलाप सन्चालन गर्नु गराउनु हुन सम्पूर्ण विदालय सञ्चालक, व्यवस्थापक, विद्यार्थी, अभिभावक एवं सरोकारवाला सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

शान्ति सुरक्षा सम्बन्धी कुनै जानकारी वा सहयोग आवश्यक परेमा नजिकको सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कन्ट्रोल वा महानगरीय प्रहरी परिसरमा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।