तीजका गीतसँगै पुनः भूपेन

प्रस्तुति – सोम सानु

3 0



नेपालदृष्टि । गीत सुन्नेवित्तिकै स्रोता वा भावकले पहिले पक्डिने शब्द, संगीत वा स्वर के हो ?ठ्याँक्कै भन्न सकिदैन । गीत सुन्दै गएपछि क्रमबद्ध रुपमा भावक मनले तीन गीत मध्ये एउटा मन पराउँन सक्छन वा तीन मध्ये दुई । तीनै मध्य तीनैलाइ मन पराउँन अचाक्लि गा¥हो हुन्छ । हामीले थहाँ पाएकै छौ, गीत सफल हुन शब्द संयोजन नै हो । संगीतले स्रोतालाई आकर्षक गर्छ । 


    स्वरले मिठास दिन्छ, भने शब्दले गीत संगीतको गहिराईमा पु¥याएर भावनात्क निचोडलाई तृप्त गराउँछ । जसले श्रोतालाई पूर्ण सन्तुष्टि दिन्छ । शब्दले सिंगो गीतलाई बोकेको हुन्छ । यसो हुदाँ हुदै पनि यहा गीतकारको उचित मूल्यांकन भएको देखिदैन । जसका कारण गीकार प्राय ः ओझेलमा परिरहेकै छन । यस्तै गीतकारको पंतिmमा उभिएका हुन वि.के.भूपेन । झण्डै एक दशक अगाडि देखि गीतलेखनमा सक्रिय भूपेन आफ्नै शब्द, संगीतमा “साथी बन्यो नशा मेरो.तिम्रो याद भुल्नलाई” बोलको गीत रेर्कड गरी सांगीतिक क्षेत्रमा प्रबेश गरेका हुन । 
   गीतकार भूपेनको शब्द, दुुर्गा बिरहीको संगीत तथा प्रीति आले र दुर्गा विरहीको स्वरमा “के गर्नु यो मेरो रुपैले, अहिले सम्म घरवारै भएन” वोलको तीजका गीत रेकडिङ भैसकेको छ । तीजको सेरोफेरालाइ समेटेर तयार पारिएको उक्त गीतहरुको धमा धम भिडियाकन भैराखेको गीकार भूपेनले बताए । 


“सांगीतिक क्षेत्रको प्रभाव म मा सानै देखि थियो । पोखरामा रहदा मेरा धेरै साथीहरु सांगीतिक क्षेत्रमा आवद्ध थिए । त्यसताका मैले धेरै नै सांगीतिक सृजनाहरु गरिसकेको थिए । रेर्कड गर्ने अन्तिम काम मात्र काठमाडौँमा आएर गराएको हु । त्यसपछि “माया नगरे पनि, तस्वीर तिम्रो र दिनहरु” बोलका तीनवटा गीत लगातर रेकडिङ भए । जसका मेरो गीत र संगीत थियो । र अरु दुई वटा गीतमा पनि मेरो नै स्वर थियो । यी गीतहरुको गीति संग्रह “उबष्ल ष्खिभ”नामक एल्वम् विकल्प क्रेशनले बजारमा ल्यायो । त्यसपछि मेरै शब्दमा “अँगालोमा बाँधी” बोलको गीत पनि रेर्कड भएको छ ।जसमा राकेश सोनीले स्वर दिएका छन् ।”उनले भने । 


 कुनै बेला पत्रकारितामा समेत सक्रिय भूपेन पेशाले सुनचाँदी गहना ब्यवासायि हुन । “म सँग अहिले पनि पाँच दर्जन भन्दा बढि गीतहरु छन । गीतै लेख्न भनेर कहिल्यै लेखिन । कुनै घट्ना र परिस्थीतिले आफैमा शब्द खेल्न थालेपछि मात्र म गीत कोर्न थाल्छु । गीत कसलाई दिने, कहाँ गएर रेर्कड गर्ने ?यी दुविधा हामीमा छदै छ । गायकहरुले गीत खोज्दै हिड्न यहाँ चलन छैन । नाम चलेका र पौउँच भएकाहरुका मात्र गीत रेर्कड हुन्छन र बज्दछन् । संयोगवस् कुनै बेला गीत चलेमा त्यसको प्रत्यक्ष फाइदामको भागी गीतकार हुनसक्दैनन् । र आफ्नो लगानीमा गीत रेर्कड गर्न पनि सक्दैनन् । यी यस्ता कारणले पनि राम्रा गीकारहरु ओझलमा पर्दै गएका हुन । गीत लेखनको बारेमा भूपेन यसरी प्रष्टिन्छन् ।