रोचक तथा पठनीय पुस्तक ‘वालि’

प्रस्तुती –सोम सानु

2 0


  नेपालदृष्टि । स्त्री बनेकी श्रृक्षको सुन्दर रुप र लावण्य देखेर देवराज इन्द्र मोहित भए । इन्द्रको कमजोरी भन्नु नै स्त्री । देउता भने पनि मानिस भने पनि सबैको यही कमजोरी । यो कमजोरी र अवगुणको सिकार संसारमा आदिमदेखि हाल सम्म आईपुग्दा अनगिन्ती जननीजातिले भोग्नेप¥यो । मनुष्यको चरित्रको परिक्षण सबै भन्दा चाँडो द्रब्य र यौन मामिलाबाटै हुन्छ । रुपवान, सुन्दरस्त्री देख्ने बित्तिकै विवाह गर्नुपर्छ, भोग गर्नु पर्छ, भन्ने कुत्सित भावना देवताकै युगदेखि चलेको चलन रहेछ । यस मामिलामा इन्द्र कुख्यात । गौतम श्रृmषिको रुप धारणा गरेर अहिल्याको सतित्व नष्ट गर्ने इन्द्र न परे । रम्भा, तिलोतमा, मेनका आदि षोडसी सुन्दरीहरुबाट चौविसै घण्टा घोरिएर रहन चाँहने उनी श्रृक्ष वानरबाट सुन्दरी बनेकी वानरीलाइ देख्ने बित्तिकै मोहित हुन पुगे । अनि आफ्नो चरित्रको अर्को श्रृखला प्रस्तुत गरे । 
   उनी सुन्दरीका अगडि उभिए । उनको वोलीमा अलिकति राजसी र अलिकति भिक्षावालको जस्तै याचना थियो । सायद, स्वर्गकी महारानी बनाउने सपना बाँडे होलान या प्रस्ताव अस्विकार गरे, चोक्टा चोक्टा पारेर गिद्धको आहार बनाइदिने धम्की देए होलान । राजसी पोशाकमा ठाँटिएका देवराज इन्द्रका अगाडि वानर सुन्दरी आगो छेउको नौनीघीउ पग्लिएझैं मन पगाली । अब उसले इन्द्रका अगाडि आफूलाइ समर्पण गरी र दुबै यौनक्रिडामा लिप्त भए । त्यसपछि इन्द्रको वीर्य वानरीको केशमा खस्यो । 
 

    
   समय पुगेपछि एउटा खाइलाग्दे घुतुमुने बालकको जन्म भयो । बाल अथवा केशमा वीर्य झरेर जन्म भएकोले त्यस बालकको नाम वालि रहन गयो । 
  फेरि त्यहि श्रृक्ष वानरीको सुन्दरता देखेर सूर्यदेवको पनि आँखा लाग्यो । चारै तिर प्रकाश र ताप दिएर सृष्टिको क्रमलाइ अगाडि बढाउन ठूलो मद्धत गर्ने सूर्यले पनि इन्द्रझै मन थाम्न सकेनन् । र वानरीको अगाडि प्रकट भई प्रेमको याचना गर्न थाले । एउटी वानर स्त्रीसामु प्रकट भएर निर्लज्जापूवक यौन सुखका लागि आग्रह गरे । बिशाल ताप र प्रकाशका देवताका अगाडि वानर सुन्दरी टिक्न सक्ने कुरै भएन । उनको प्रेम याचना आत्मिय नभए केवल शारीरिक सम्वन्धको थियो । उनको त्यो इच्छा पुरा गर्ने क्रममा सूर्यले गर्भधान गर्दा वीर्य तिघ्रा(ग्रीवा)मा खस्यो र त्यसको अवधि पुगे पछि अर्को वालक जन्मियो । ग्रीवा अथवा तिघ्रामा वीर्य झरेर जन्म भएकोले त्यस बालकको नाम सुग्रीव रहन गयो । 
 रामायणभित्रको पौराणिक कथा भित्रका यीनै दुई बालकको सम्पूण जीवन कथा नै हो उपन्यासकार जीतबहादुर कटुवालको उपन्यास “वालि” । यस उपन्यासको मूल कथाबस्तु रामयणको किष्किन्धा काण्डसँग सम्वन्धित छ । केहि प्रसङ्ग रामयणबाहिरका समेत पनि छन । जो उपकथाका रुपमा उपन्यारकार कटुवालले कुशलतापूर्वक प्रस्तुत गरेका छन् । 
   उपन्यासका उल्लेख गरिएका कतिपय पात्र, घट्ना र स्थान कल्पनात्मकताका उपज हुन । पौराणीक युगको कथा भएकोले पनि यस उपन्यासका केहि पात्र अलौकिक क्षमतायुक्त छन । तिनलाइ मध्यमिककालीन आख्यानमा पाइने तिलस्मी र अतिमानवीय प्रबृतिसँग जोडेर हेर्नु चाहि उपयुक्त नहोला । हजारौ बर्ष पहिलेका पौराणिक घट्ना र पात्रलाइ आधुनिकताको दायराभित्र राखेर हे¥यो भने यी घट्ना र पात्रप्रति उपन्यासकारले अन्याय गरेका हुनकी भन्ने भान हुन सक्छ । 
  राजकाजको मामिलामा भएको दाजुभाइको झगडामा लुकेर रामले वालिको छातीमा वाण प्राहार गरे । 
 

“सुग्रीव तैले मलाइ छल गरेर मारिस् । अरुको सहयोग लिएर तैले आफ्नो कुलको विनाश गरिस् ।त महापुरुष होइनस् मात्र कुलाङ्गर होस । अझै आफैलाइ विजेता सम्झिन्छेस । धिक्कार छ तलाइ । वीरले षडयन्त्र गरेर  युद्ध जित्दैन । धिक्कार छ तेरो अहम् वीरतालाई । त वीर होइनस्, कायर होस, कायर ।” वाण लागेर भुइँमा पछारिएका वालिले सुग्रिवलाई हेरेर आक्राश पोखे । 
  यसरी लुकेर प्रहार गर्नु क्षत्रीय वीरको लक्षण होइन, यो त व्याधाको काम हो । मेरो शरीरको यो मासु न तिमीलाइ खान हुन्छ,न त मेरो शरीरको छाला तिमीलाइ बस्त्रका रुपमा प्रयोग हुन्छ ? न मैले तिम्रो राज्यमा कुनै दख्खल दिएको थिए ? तिमीहरुको मैले के बिगार गरे र मप्रति यति निर्दयी बन्यौ ?”वालिले श्रीराम समक्ष करुणाजन्य भावमा उनको कृत्यको निन्दा गरे । 
   “तिमी अहिले जीवन र मरणको दोसाझमा छौ । यस बेला तिमीलाइ नराम्रो लाग्नु स्वभाविक नै हो । त्यसैले अहिले धर्म र अधर्मका कुरा ग¥यौ । झट् सुन्दा तिम्रा कुराले जो कोहिलाइ पनि हो जस्ता लाग्छ । तर सत्ताको उन्माद र वलको असीमित घमण्ड आएको बेला तिम्रो यो ज्ञान कहाँ गयो ? रिसको आवेगले बिवेक गुमाएको बेला तिम्रो यो धर्म कहाँ गयो ? हाम्रो धर्मशास्त्रले गुरु, दाजु र पितालाई समान मानेको छ । पुत्र, भाइ र शिष्यलाइ पनि समान मानेको छ ।यस्तै भाउजु र दिदी भनेका माता समान हुन । पुत्री,बहिनी र बुहारी समान हुन । यस्तो सामान्य मर्यादालाइ भुलेर तिमीले पुत्रिसमान आफ्नै अनुज पत्नी रुमालाइ जर्वजस्ती पत्नी तुल्यायौँ । यो सभ्य समाजका लागि कलंक हो । राजा वा सासकले यस्तो अधर्म गर्छ भने यसले समाज र राष्टमा कस्तो सन्देश देला ?यस प्रकारका कुकर्म र दुरचारलाइ निरुत्साहित गर्न पनि कठोर दण्ड दिनु कुनै अपराध होइन, बुभm्यौँ ?”श्रीरामले पाप र धर्मको ब्याख्या गर्दै आफ्नो कार्यको औचित्य पुष्टि गर्ने प्रयास गरे । 
  यसरी कथाले अन्तिम मोड लिन्छ । सत्य, त्रेता,द्धापर र कलियुगमध्ये रामायणको कथा र घट्ना त्रेतायुगसँग सम्वन्धि रहेको कुरा उपन्यासमा उल्लेख छ । पौराणिक युगमा उत्तरतर्फ बिन्ध्याञ्चल पर्वतदेखि दक्षिणमा समुन्द्रसम्म अग्लाअग्ला रुखहरुले भरिएका घना जंगलमा फैलिएको, त्यस बनलाइ दण्डक वन भनिन्थ्यो । वालिको राज्य निष्किन्धा दण्डत वनको एक भाग थियो भन्ने, र रामायणको कथानक अयोध्याबाट सुरु भई विभिन्न स्थान हुँदै निष्किन्धा, रामेश्वर तथा श्रीलंकासम्म फैलिएको कुरा लाई पनि उपन्यासकार कटुवालले रोचक तरिकाले प्रस्तुत गरेका छन । जसरी रामायण पढ्दा सरल र सहजको अनुभूति हुन्छ त्यस्तै ‘वालि’मा पनि त्यो रस पाउन सकिन्छ । रामायणभित्रको एउटा उपकथालाइै निकालेर छुट्टै आफ्नै मौलिकतामा तयार पारिएको यस पौराणिक उपन्यास ‘वालि’ राम्रो पठनिय तथा सङ्ग्रहित कृति बनेको छ ।