डडेल्धुरामा जीप दुर्घटना, वडाध्यक्षसहित ४ जनाको मृत्यु

आशिष मल्ल ठकुरी

२०७५ जेष्ठ १५, मंगलबार

2 0


१५ जेठ, डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु भएको छ ।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहितचार जनाको मृत्यु भएको हो ।
जिल्लाको गन्यापधुरा गाउँपालिका(२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं। २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल(सिलगढी नगरपालिका(४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका(२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिए ।
११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।


घाइते हुनेमा चालक विष्णु विक, सिरहाका करन कुमार यादव , आर्दर्श गाँउपालिका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा रहेका छन् ।
दुर्घटनामा परी घाइते मध्ये गम्भीर तीनजनालाई धनगढी रेफर गरिएको छ । अन्य चारजनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेका प्रहरीले अनलाइखबरलाई जानकारी दिएको छ ।