लक्ष्मी बैंकको सहयोग

0 0



जेठ १५। लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठानबीच हेल्थ क्याम्प सञ्चालन सम्झौता भएको छ ।बैंक तथा प्रतिष्ठानबीच बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग विभिन्न प्रदेशहरुमा कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता सम्पन्न भएको हो । पहिलो ३ दिने क्याम्प बाराको निजगढमा हुने भएको छ  । यही जेठ १४ तगेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त क्याम्पको लागि द्विपक्षीय सम्झौतामा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र प्रतिष्ठानका तर्फबाट कार्यक्रम संयोजक माघवप्रसाद अर्यालबीच हस्ताक्षर भएको छ ।