काठमाडौमा कांग्रेस ५,रास्पा ४,एमाले १ विजयी

२०७९ मंसिर ७, बुधबार

0 0


नेपालदृष्टि । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौंका १० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमा ५ क्षेत्रमा नेपाली कांग्रेस, ४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्रमा नेकपा एमाले विजयी भएको छ ।

मतपरिणाम अनुसार नेपाली कांग्रेसको तर्फबाट काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी विजयी भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने चार स्थानमा जितेको छ । काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।