के कारण डा.रिजालले टिकट पाएनन् ? 

3 0


नेपालदृष्टि । मोरङको क्षेत्र नम्बर २ मा सुजता कोइरालाले टिकट पाएकी छन् । अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित डा. मिनेन्द्र रिजाल दोस्रो पटकका लागि आकांक्षी थिए । तर उनलाई पन्छाउँदै स्वर्गीय गिरिजाप्रसाद कोइराला पुत्री सुजताले टिकट पाएकी हुन् ।

अब मोरङ २ मा सुजता कोइराला र एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलबीच प्रतिष्पर्धा हुने भएको छ ।

मोरङमा सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको भागमा क्षेत्र नम्बर १, २, ३ र ६ गरी चार वटा संघीय निर्वाचन क्षेत्र परेको छ । जसमध्ये दोहोरिएर टिकट पाउने लाइनमा रहेका रिजाल मात्रै किन आउट गरियो ? यो एउटा अहिले चर्चा र खेदपूर्ण विषय बनेको छ । 

यसै विषयमा डा.रिजाले ट्यूट गरेका छन, “हाम्रो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उम्मेदवार बनाउँनुभएन भनेर खोजी गर्दा उहाँ र मेरोबीच २०७७ जेष्ठ र अश्विनका यी दुई पत्र फेला परे र पोष्ट गरेको छु ।”