कानेपोखरीमा कालिज फार्म

1 0


नेपालदृष्टि । मोरङको कानेपोखरीका एक युवाले कालिज पालन शुरु गरेका छन । कानेपोखरी ४ पिङडाँडाका चुडामणि दहालले कालिज पालन शुरु गरेका हुन ।
 
दहालले करिब १० लाखको लगानीमा रिङनेक प्रजातिको जंगली कालिज फार्म संचालन गरेको बताए । १०।१२ बर्षको बैदेशिक रोजगार पछि स्वदेश फर्किएका उनले स्वदेशमै बसेर केहि गर्ने उदेश्यका साथ कालिज पालनमा हात हालेको बताए ।

 साथीभाईहरुको कालिज फार्मको अध्यान र अवलोकन गरेपछि आफुलाई पनि कृर्षिमा ब्यावसायिक ढंगले कालिज पालन गर्न मन लागेर यो पेशा शुरु गरेको उनले सुनाए ।  दहालले हाल नमुनाको रुपमा करिब ३ कट्ठा क्षेत्रफलमा १५० ओटा कालिज पालेका छन् ।सामान्यतय चिसो मौसम रुचाउने यो पंछीलाई गर्मी मौसममा पालिएको र यसको बानिब्यहोरा र रहनसहन लगाएताका प्राबिधिक कुराको पुर्णरुपमा ज्ञान नभएकाले आफुलाई चुनौती र अवशर दुबै रहेको दहालले बताए ।

 यो पंछीको रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले चल्ला अवस्थामा मर्ने संख्या ज्यादै न्युन रहेको अनुभब उनले सुनाए । एक दिने चल्ला ल्याएर हुर्काएको उनको फार्मका कालिज अहिले बयस्क भएका छन् । मासुको प्रयोजनका लागि पालिने यो पंछी कोहि कोहिले रहरले पनि पाल्न लग्ने गरेको उनले बताए ।

कृर्षि क्षेत्रमा केहि नौलो  काम गर्ने उदेश्यका साथ शुरु गरिएको यो पेशामा साथिभाईहरुको हौसला पाएकाले आफुलाई थप आत्माबल मिलेको दहालले बताए ।

 हाल नमुनाको रुपमा  संचालन गरिएता पनि  फार्म दर्ता प्रकृया लगायतका अन्य प्राबिधिक पक्षहरु मिलाएर ब्यवसायिक रुपमा यो पेशालाई अगाडि बढाउने सोच रहेको दहालले सुनाए ।