मोरङ क्षेत्र २बाट सुजता कोईराला र रविन राईको नाम सिफारिस

0 0


नेपालदृटि । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा राजनीतिक दल ब्यस्तताका साँथ जुटेका छन् । यसैक्रममा प्रमुख सत्तारूढ दल रहेको नेपाली कांग्रेसले उम्मेदवार चयन प्रक्रियालाई अघि बढाएको छ ।

अहिले ठूला दलका केही शीर्ष नेताहरु पनि समानुपातिकमा बसेका देखिन्छ । यसपटकको निर्वाचनमा धेरै सिटमा महिलाले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका पनि देखिन्छ । कांग्रेसबाट यसअघि चुनाव लड्ने तयारी गरेकी नेता डा.आरजु राणा भने समानुपातिकमा बसेकी छिन् । पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला भने यसपटक मोरङ–२ बाट प्रत्यक्षमा नै चुनाव लड्ने भनी अघि बढेकी छिन् । र पार्टीले अहिले उनको नामको सिफारिश अगाडि बढाएको छ । 

आज बसेको आन्तरिक मिटिङमा शीर्ष नेताहरुबीच सहमतिका साथ अघि बढ्ने र कांग्रेसलाई देशव्यापी रुपमा विजयी गराउनेबारे समझदारी बनेको बताईएको छ । 

हुन त मोरङ क्षेत्र २ बाट यस अघि डा।मिनेन्द्र रिजाल विजयी भएका हुन । उनको पनि नाम सोही क्षेत्रबाट सिफारिश भएको छ । डा. मीनेन्द रिजाल डा। शेखर कोइराला समूहमा छन् भने सुजाता यतिवेला सभापति शेरबहादुर देउवासँग नजिक छिन् । हिजो बसेको उनीहरुको मिटिङमा प्रधानमन्त्री एवं कांगे्रसका सभापति देउवाले नेताहरु शशांक कोइराला र शेखर कोइरालालाई राखेर सुजातालाई अघि बढाउने प्रस्ताव गरेका थिए । त्यसमा शशांकले सुजाताकै पक्षमा हुन्छ भन्ने जवाफ दिएका थिए । शेखरले भने मिनेन्द्रको पनि व्यवस्थापनको कुरा उठाउँदै सुजाता चुनाव उठे सघाउने वचन शेखर कोईरालाले पनि दिएको कुरा बुझिएको छ । 

यस्तै प्रदेशसभा (क) तर्फ प्रत्यक्षमा रविन राईको नामको सिफारिसलाई अगाडि बढाईएको बुझिएको छ । यस अधि प्रत्यक्ष तर्फबाट जीवन पनेरु, कनैया राजवंशी, शान्ता पौडेल, फणिन्द्र थापा र सिवनारायण सिंहको नाम सिफारिस गरेको छ।