बैठक छोडेर प्रचण्ड किन हानिए सोलुखुम्बु ?

1 0


नेपालदृष्टि । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको सम्बन्धमा सुधार देखिएको छ । पार्टीको पदाधिकारी चयनमा असन्तुष्टि राखेका शर्माले केही दिनअघि सार्वजनिक कार्यक्रममै अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए ।

उनले उपमहासचिव पद पनि अस्विकार गरेका थिए । तर, दुई साता नबित्दै अहिले अध्यक्ष दाहाल र नेता शर्माको सम्बन्ध सुधार भएको देखिएको छ । 

आज पार्टीको महत्वपूर्ण बैठक छोडेर प्रचण्ड शर्मालाई लिएर सोलुखुम्बु पुगेका छन् ।

अर्थमन्त्रीसमेत रहेका नेता शर्मालाई लिएर दाहाल आज सोखुलमा भवन उद्घाटन लगायत विविध कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सो क्रममा दाहालले सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन र ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम छ ।  - रिपोर्टर्स नेपाल