मोरङबाट को को छन् राप्रपाका उम्मेदवारहरु ?

0 0


नेपालदृष्टि । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राप्रपाले पनि मोरङबाट प्रतिनिधिसभा सदस्यतर्फ ६ वटै क्षेत्रका सम्भावित उम्मेदवारहरू सिफारिस गरी केन्द्रमा पठाएको छ ।

मोरङ क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य होम गौतम, क्षेत्र नं.२ बाट पार्टीका केन्द्रीय प्रवक्ता गोपाल दाहाल र क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य रेखा थापाको नाम सिफारिस भएको छ ।

यसैगरी क्षेत्र नं. ४ मा पार्टीका मोरङ जिल्ला उपाध्यक्ष रवि रिजाल, क्षेत्र नं. ५ बाट अनिल यादव र क्षेत्र नं. ६ बाट पार्टीका जिल्ला सल्लाहकारद्वय दिलिप धाडेवाल र गोपाल कटवालको नाम सिफारिस भएको छ ।

मोरङ जिल्ला अध्यक्ष माधव आचार्यको नाम क्षेत्र नं. ४ को प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षमा सिफारिस भएको छ । राप्रपाले एमालेसँग चुनावी तालमेल गर्ने चर्चा चले पनि सहमति भने भएको छैन ।