बहराईनमा नेपाली कलाकारको भब्य सांगीतिक साँझ

-दिपक प्रेमी

1 0


नेपालदृष्टि । नेपाली जनसम्पर्क समिति बहराइनले “नेपाली सांगीतिक साँझ २०२२”को आयोजना गर्ने भएको छ । उक्त सांगीतिक कार्यक्रम सन्२०२२ सेप्टेम्बर १६ तारिख शुक्रबारको दिन हुने भएको छ । 

जसमा नेपालकी चर्चित गायिका रचना रिमाल ,चर्चित गायक सुगम पोखरेल ,लोक तथा दोहोरी गायिका बसन्ती थापा मगर, नृत्यगंना अस्मिता रनपालका साथै स्थानीय कलाकारको पनि प्रस्तुति रहने छ । नेपाली जनसम्पर्क समिति बहराइनका अध्यक्ष पदम सुन्दर गुरुङको संयोजकत्वमा हुन लागेको उक्त कार्यक्रम डेल्मोन इन्टरनेशनल होटल मनमामा हुने भएको छ ।