नक्कली नोट बनाउने पक्राउ 

-APFN

1 0


नेपालदृष्टि । सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट भाद्र १७ गते राति सशस्त्र प्रहरीले नक्कली नोट बनाउने सादा कागजको बण्डलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला साबिक  ककनी गा.वि.स. ५ स्थायी घर भई हाल  काठमाण्डौ महानगरपालिका २६ बस्ने ३२ बर्षिय हिरामान लामा छन् ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई नियन्त्रणमा लिएको हो ।

सिमरा भगवतीपुर गाउँबाट सिमरा बजारतर्फ जाँदै गरेको  स्कारपियो गाडीमा लुकाइ राखेको कार्टुनमा  बण्डल फेला परेको हो ।जांचका क्रममा गाडी लिएर चालक भने फरार भएका छन्।

लामाको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आज ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।