कप्तान सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी 

0 0


नेपालदृष्टि। नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्ने भएको छ । यसको लागि अनुमित लिन प्रहरीले प्रहरी काठमाडौं जिल्ला अदालत जाने तयारी गरिसकेको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार लामिछानेविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको छ ।

जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप छ । लामिछाने भने यतिवेला क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । 
रिपोर्टर्स नेपाल