मोरङका सबै क्षेत्रमा एमालेका उम्मेदवारहरुको नाम सिफारिस

1 0


नेपालदृष्टि । प्रदेशसभाका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मोरङमा नेकपा एमालेले उम्मेदवारका लागि प्रत्यक्षतर्फ ९५ र समानुपातिकतर्फ १३९ जनाको नाम सिफारिस भएको छ ।
नाम सिफारिस गरेको छ । हिजो शनिवार नेकपा एमालेका १२ वटै क्षेत्रका प्रदेश समन्व्य कमिटीले सम्भावित उम्मेदवारहरुको नाम माथिल्लो कमिटिलाई सिफारिस गरेको हो ।

मोरङ संघीय निर्वाचन क्षेत्र १ को प्रदेशसभा (क) बाट प्रत्यक्षमा ७ जनाको नाम सिफारिस भएको छ । रुपेश खतिवडासहित पुष्प ढकाल, उमाकान्त गौतम, निरोज तिम्सिना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्यको नाम सिफारिस भएको छ ।
सो क्षेत्रबाट समानुपातिकमा चार जनाको नाम सिफारिस भएको छ । रामकृष्ण राई, सरला राई, इन्दिरा गौतम र अम्बर धिमालको नाम समानुपातिकमा सिफारिस भएको छ ।

क्षेत्र १ (ख) बाट प्रदेशसभामा प्रत्यक्षतर्फ पूर्व जिविस सभापति खड्गबहादुर बस्नेतसहित तीन जनाको नाम सिफारिस भएको छ । बस्नेतसहित डिल्लीराम शर्मा र बुद्धिमान लिम्बूको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिकमा शान्ति लिम्बूको नाम सिफारिस भएको छ ।

मोरङ २ (क) मा प्रदेशसभाका लागि ९ जनाको नाम सिफारिस गरेको छ । मेघराज कट्टेल, डिबी कार्की, बिष्णु पोखरेल, सुभाष पौडेल, बशन्त भण्डारी, नारायण ताजपुरिया, इन्दिरा बराल, हरी पौडेल र ओमप्रकाश यादवको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ सो क्षेत्रबाट १५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा मालती सुब्बा, रुपनारायण मिश्र, सिता भुजेल, चन्द्रकला भण्डारी, खगेन्द्र भण्डारी, नेवालला राजवंशी, जनक खड्का, हसन इमान बक्स, केदार परियार, सावित्रीकुमारी राजवंशी, बिष्णु कडेल, किशोर विक र नुरसादी वेगामको नाम सिफारिस भएको छ ।

क्षत्रे नम्बर २ (ख) बाट लिलाबल्लभ अधिकारीसहित ९ जनाको नाम प्रदेशसभा उम्मेदवारमा सिफारिस भएको छ । अधिकारीसँगै प्रत्यक्षतर्फ सो निर्वाचन क्षेत्रबाट टेकबहादुर भट्टराई, भोला खतिवडा, अनिल पोखरेल, दिल्ली दाहाल, इल्जा राजवंशी, खेमकुमार दाहाल, नरनाथ लुईटेल र गोपाल थापाको नाम सिफारिस भएको छ । यस क्षेत्रमा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ ।

मोरङ ३ (क) मा ११ जनाको नाम प्रदेशसभाका लागि प्रत्यक्षमा सिफारिस भएको छ । यस क्षेत्रबाट पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलिप राई र कानेपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष ताराबहादुर काफ्लेसहित देवराज भण्डारी, रामकुमार बस्नेत, युवराज बाँस्कोटा, भगतचन्द्र थपलिया, मोहनकुमार न्यौपाने, पर्शुराम मिश्र, विजय डाँगी, रविन थापा, नरेन्द्रकुमार खड्काको नाम सिफारिस भएको छ ।  समानुपातिकमा ९ जनाको नाम सिफारिस भएको छ ।

३ (ख) बाट प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट प्रदेश सरकारका पूर्वराज्यमन्त्री राजकुमार ओझासहित ज्ञानेन्द्र सुवेदी, सुजन गौतम, भक्तकिरण राई, सुदन चौहान, राजन अर्याल, संजीव रोक्का, लिलाप्रसाद आचार्य, राजकुमार बस्नेत, सुरेन्द्र बहादुर थापा, किरण कुमार राई, तारादेवी शाक्य र सुजित कुमार बस्नेतको नाम सिफारिस भएको छ । समानुपातिकमा २० जनाको नाम सिफारिस भएको छ ।

मोरङ ४ (क) बाट ७ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट नरेन्द्र बस्नेत, मित्रप्रसाद घिमिरे, ललिता चौधरी, जयप्रकाश चौधरी, नविनकुमार मण्डल, नन्दराज गिरी र प्रयाग न्यौपानेको नाम प्रदेशसभाका लागि प्रत्यक्षमा सिफारिस भएको छ, भने समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको छ ।

४ (ख) बाट नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको नाम सिफारिस भएको छ । घिमिरेसहित सो क्षत्रेबाट इश्वरप्रसाद निरौला, कौशिला बञ्जरा, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी र राजन भण्डारीको नाम सिफारिस भएको छ । यस क्षेत्रबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस गरिएको छ ।

मोरङ क्षेत्र नम्बर ५ (क) बाट ४ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट पूर्वमन्त्री ज्ञानेश्वर राजवंशीसहित सन्तोष साह, राजेन्द्र मण्डल र प्रदिप मण्डलको नाम प्रत्यक्षमा सिफारिस हुँदा समानुपातिकमा १२ जनाको नाम सिफारिस भएको छ ।

५ (ख) बाट सात जनाको नाम सिफारिसमा परेको छ । सो क्षेत्रबाट बसन्ती यादव, विक्रम तिवारी, मीनादेवी यादव, निजाम शेख, दिलसाद आलम, भूराज राई, रामचन्द्र महतोको प्रत्यक्षमा र १४ जनाको नाम समानुपातिकमा सिफारिस भएको छ ।

नेकपा एमाले मोरङ ६ को प्रदेश निर्वाचन (क) बाट गुरु बरालको नाम प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ । बरालसँगै सो निर्वाचन क्षेत्रबाट ११ जनाको नाम सिफारिस गरिएको छ । बरालसहित सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ १० जनाको नाम सिफारिस भएको प्रदेश समन्व्य कमिटीले जनाएको छ ।

प्रदेश निर्वाचन क्षेत्र ६ (ख) बाट पर्शुराम बस्नेतसहित रमेश पोखरेल, राधेश्याम कट्टल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ यस क्षेत्रबाट १७ जनाको नाम सिफारिस भएको छ ।