नुवाकोट-१ बाट महत र काठमाडौं–४ बाट थापा सिफारिस

1 0


नेपालदृष्टि । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं–४ बाट उमेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय समिति बैठकले उनको नाम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।
यसअघि थापाको नाम काँस्की–१ बाट पनि सिफारिश भएको थियो । तर, थापाले आफू काठमाडौं–४ बाटै चुनाव लड्ने स्पष्ट पारेका थिए । थापाले आगामी निर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् ।

 

डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.रामशरण महतलाई सिफारिस

आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेसबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्।
दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सदस्यतर्फ एक सय १३ जनालाई (प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली समेत) सम्बन्धित कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको हो। निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षमा दुई र समानुपातिकतर्फ छ तथा निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष र समानुपातिकतर्फ तीन–तीन जना उम्मेदवार सिफारिस भएका छन्।
क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा रामशरण महतलाई सिफारिस गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठलेले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ छ जनालाई सिफारिस गरिएको छ।
प्रत्यक्षमा समेत नाम समावेश भएका डा रामशरणणलाई समानुपातिकतर्फ १ नं. मा सिफारिस गरिएको छ। अन्य उम्मेदवारमा डा. केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन्।    - रिपोर्टर्स नेपाल