मोरङ २ बाट डा.मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

1 0


नेपलादृष्टि । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ  नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र नेता सुजाता कोइरालाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेको हो। पहिलो चरणको सिफारिसमा सुजाता कोईराला, डा.मीनेन्द्र रिजाल र गणेश थापाको नाम पनि सिफारिस गरिएको थियो ।  

यस्तै प्रतिनिधि सभा  समानुपातिक तर्फ अब्दुल रहिम, गोपालमान सिंह राजभण्डारी, कर्णबहादुर याख्खा र कलाकुमारी सिंहको नाम सिफारिस गरेको छ। 

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिकमा सक्रिय नेतृ फुलवती देवी गोडी ।

यसैक्रममा नेपाली काँग्रेस मोरङ क्षेत्र नं। २ “क” को बसेको बैठकले प्रदेशसभामा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ । शिव नारायण सिंह गनगाँई, रविन राई, कन्हैयालाल राजवंशी, जीवन पनेरु,  फडिन्द्र थापा र शान्तादेवी पौडेलको नाम सिफारिस गरेको जनाईएको छ । यस्तै प्रदेशसभा समानुपातिकतर्फ २१ जनाको नाम बैठकले सिफारिस गरेको छ ।

समानुपातिकमा गुलाम उदीन मिँया, फुलवती देवी गोडी, इन्दिरा अधिकारी, निरा कट्टेल, नारायणी देवी पण्डित, रामानन्द साह, होमा देवी घिमिरे , जानकी कुमारी केवरत, शान्ति देवी राजवंशी, शन्तोलिया देवी माझ,कृष्ण प्रसाद वाग्ले, थर्कबहादुर विश्वकर्मा, तिलाराम बस्नेत, खडानन्द न्यौपाने, गोमा नेपाली, साईस्ता प्रविण, गिरिजाप्रसाद यादव, विशाल गौतम, रमानाथ भट्टराई, शिवकुमार थापा र सम्पतलाल साहको नाम सिफारिस भएको हो ।