विशाल बजार र बिरा कम्प्लेक्सलाई पनि बालेन्द्रले छोडेनन्

1 0


नेपालदृष्टि । विशाल बजार भवनको नक्सा २४ घण्टाभित्र वडा कार्यालयमा पेश गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । विशाल बजारको बेसमेन्टमा रहेका पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको भन्दै महानगरले तत्काल नक्सा लिएर वडामा उपस्थित हुन निर्देशन दिएको हो ।

 

आजै मात्र महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडको बेसमेट खाली गरेको छ ।

त्यस्तै काठमाडौंको न्युरोडस्थित बिरा कम्प्लेक्समा महानगर प्रहरीलाई व्यापारीहरुले अबरोध गरेका छन् । अनुगमन गर्न पुगेका महानगरको टोलीलाई व्यवसायीहरुले अण्डरग्राउण्ड पार्किङ भित्र छिर्न नदिएर अबरोध गरेका हुन् ।
महानगरले उक्त कम्प्लेक्सको भुईतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।

मेयर बालेन साहको नेतृत्वमा महानगरले भदौ ६ गतेदेखि नक्सापासविपरीत निर्मित अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । यसअघि महानगरले नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना भत्काइसकेको छ ।