भोकाकी बिरामी उनी !

 गोबिन्द राज ओझा (राजन)

0 0


नेपालदृष्टि । कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ। मूलतः कविता २ किसिमका हुन्छन्, गद्य कविता र पद्य कविता । छन्द मिलेको कवितालाई पद्य कविता भनिन्छ भने छन्द नमिलेको कवितालाई गद्य कविता भनिन्छ।

सामान्यतया छन्द नमिलेको कवितालाई गद्य कविता पनि भनिन्छ । यो कविता लेख्ने आधुनिक तरिका हो । जहाँ कविहरू आफ्नो भावना कुनै लगु, गुरु वा छन्द नियममा नरही स्वतन्त्र रूपले लेख्न  पनि सक्दछन् । यसै क्रममा कवि गोविन्दराज ओझाले यसै प्रकारबाट “भोकाकी बिरामी उनी” नामको शिर्षक दिएर आफ्नो भावना ब्यक्त गरेका छन ।

 

भोको पेटमा बिरामी भई झुपडिमा लडि रहेकी छिन,
पैशा नभएर उपचार नपाई तडपिई रहेकी छिन ।

ठेकदारले आफ्नो काम गरेको मजदुरीको पैशा नदिदा,
खानेकुरा खान नपाएर भोकले छटपटाई रहेकी छिन ।

मजदुरीको पसिना लुटेर गगन चुँम्बि महलमा बस्छन,
भोक र सोकमा उनि मृत्यृको मुखमा पुगि रहेकी छिन ।

धनि मानिसले गरेको शोषणमा गरिव मानिस पर्दछन,
गरिविको चोटले आफ्नो कोमल मन दुखाई रहेकी छिन ।

यो संसार सारा कब्जा गरेका छन धनि मानिसले,
काम गर्न नसकि उनि भोकै पेटमा रोई रहेकी छिन ।

गरिबिले रमाउने दिन छैन होला यो जगतमा,
त्येसैले त उनि भोकले छटपटाई बसि रहेकी छिन ।

ओझा दिपायल सिलगढी न.पा. २ दिपायल डोटीमा स्थायि बसोबास गर्नुहुन्छ ।