‘जिओ कृषि’ कार्यक्रमबाट धेरै किशान लाभान्वित

3 0


नेपालदृष्टि । रादिप जिओ कृषिलाई डिजिटल माध्यमबाट कृषिका विभिन्न सेवा सुविधा प्रदान गर्ने संस्थाको रुपमा चिनाउँछन् । मानौ तपाईले लगाएको काँक्रोबारीमा कुनै प्रकारको रोग लाग्यो तब उक्त फोटो खिचेर ‘जिओ कृषि’ एपमा पठाउन सकिन्छ । उक्त समस्याको पहिचान गरी जिओ कृषिले निशुल्क रुपमा नै कृषकलाई परामर्श तथा सल्लाह दिने गर्छ ।

किसानले आफ्नो बारी तथा खेतमा देखिएका समस्या, किरा लाग्ने, माटोको गुणस्तर तथा विविधि जानकारी एक फोन क्लिनमार्फत नै थाहा पाउन सक्छन् । ‘स्थान अनुसारको कृषि गर्न र गराउनु नै ‘जिओ–कृषि’ को मुख्य उद्देश्य हो,’ उनी भन्छन् ।

सुचना, जानकारी दिने क्रममा भने उक्त केन्द्रले केही भिन्न रहेको छ । किसानलाई सही समयमा सही र आवश्यक जानकारी दिनु पर्ने मान्यता हाम्रो छ,’ रादिप भन्छन् ।हामी किसानलाई एकैपटक धेरै जानकारी दिदैनौँ । मानौ किसानलाई कुनै बाली लगाउनु छ ।त्यसका लागि पहिलो चरणमा किसानलाई बालीको परिचय, प्रकृति र बाली योजना बारेमात्र जानकारी दिन्छौँ ।  किसान उक्त विषयमा क्लियर भए पछि मात्र विस्तृत पक्षतर्फ लग्छौँ ।

‘जिओ’ अर्थात ‘स्थान’ र ‘कृषि’ अर्थात ‘लगाइने अन्नबाली’ हो । यसर्थ, जिओ कृषिको मुख्य उद्देश्य भनेकै स्थान अुनसारको अन्नबाली लगाउनु हो । भौगोलिक विशेषताका आधारमा कृषि गर्दा बालीको उत्पादकत्व तथा गुणस्तर दुवै बढ्ने ‘जिओ कृषि’ कार्यक्रम निर्देशक रादिप तन्डुकार बताउँछन् ।

त्यस्तै, ‘जिआइओ रिमोट सेन्सर’ ले नेपालभरका विभिन्न जिल्लामा उचाइ, मौसम, पानी कति पर्छ, माटोमा पोषण कति छ, बाटो व्यवस्थाको मोडल कस्तो हुन्छ जस्ता करिब १७ वटा  प्यारामिटर फिक्स भएको हुन्छ । यी  प्यारामिटरका आधारमा नै माटोमा कुन बाली सुहाउँछ र उत्पादन, माटोको गुण पत्ता लगाइन्छ । 

जिओ कृषिले किसान केन्द्रितमात्र नभई कृषि मुल्य श्रृङखला, ‘जिओ कृषि फार्म’, ‘जिओ कृषि वेब’, ‘जिओ कृषि सामुहिक बजार’ जस्ता अन्य योजना पनि सँगसँगै सारेको छ । जिओ कृषिका कार्यक्रम निर्देशक रादिप तन्डुकारका अनुसार, उक्त प्रविधि किसान केन्द्रितमात्र नभई कृषि मूल्य श्रृङखला, कृषि सरोकारवाला विषयमा प्राविधिक, जिओ कृषि सामूहिक बार, जिओ कृषि यन्त्र, स्थानीय सरकारसमेतलाई सबैलाई जोड्ने काम गर्दछ ।

 जियो-कृषि एपले हरेक उत्पादक/कृषकको परिचय, खेतको जानकारी र बाली उत्पादन गर्ने योजनाको आधारमा प्रोफाइल तयार पार्दछ। यस पश्चात जिओ कृषिले उत्पादकको खेत मा कुन बाली उत्पादन गर्दा सुहाउने देखी त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता आवश्यक सम्पूर्ण जानकारी पुर्याउने काम गर्दछ।

यसका साथै किसानलाई वित्तिय साक्षरतामा पनि ‘जिओ कृषि’ उत्तिकै उत्पर रहेको छ । एप मात्र नभई कृषकस्तरमै पुगेर प्रविधिको प्रयोग कसरी गर्ने, कृषिलाई कसरी सहज रुपमा अघि बढाउने भन्ने विषयमा पनि जिओ कृषको अग्रसरता देख्न सकिन्छ । रादिप तन्डुकार भन्छन्, ‘किसानलाई सुचनाको हक तथा छ र ती सुचना हकसम्म पहुँच कसरी पाउने भन्ने विषयमा किसान अझै अनभिज्ञ छन् ।

विश्वस्तरमा ७१ देशमा जितेर आउँनु भन्दा पनि नेपालभरका किसानलाई कृषि प्रविधि जोड्नु ठुलो उपलब्धी हुने उनी मान्छन् । जिओ कृषिमार्फत प्रत्यक्ष रुपमा हालसम्म करिब १० हजारभन्दा बढी कृषक परिवार लाभान्वित भइरहेका छन् भने लाखौँको संख्यामा एपमाफर्त सेवा पाइरहेका छन् । हलो खबर