बालेन्द्रलाई पहिलो प्रयासमा नै सकस

1 0


नेपालदृष्टि। बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीयको अवरोध जारी छ । उनीहरूले मुआब्जा, रोजगारी, स्वास्थ्य सुरक्षाको विषय अघि सारेका छन् ।

यो विषयलाई बेवास्ता गरिएको स्थानीयवासी चन्द्रबहादुर बलामीले बताए । समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भएका कारण फोहोर फाल्न रोकेको उनको भनाइ छ ।

यता ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ भने स्थानीयवासीले अनेक माग राखेर आन्दोलन गरेको दाबी गर्छन् । सहरी विकास मन्त्रालयमा सोमबार काठमाडौं महानगरसहित सरोकारवालाबीच फोहोर फाल्ने विषयमा सहमति जुटे पनि स्थानीयवासीले अवरोध गरिरहेका छन् ।

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडामा पुगेका गाडी खाली हुन सकेका छैनन् । 

उनीहरूले काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी खाली गर्न दिएका छैनन् । फोहोर व्यवस्थापनमा सरकारले राजनीति गरेको जनाउँदै आक्रोश पोखेका छन् । काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेकै बेला स्थानीयले फोहोर फाल्न नदिने घोषणा गरेका थिए ।

मंगलबारदेखि नै स्थानीयवासी र प्रहरीबीच तनाव हुँदै आएको छ । काठमाडौं महानगरका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार १२ दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन ।  - दृष्टि न्यूज