विभेदको यर्थात् चित्रण हो यो म्यूजिकि भिडियो 

1 0


नेपालदृष्टि । गायक चित्र आठपहरिया राईको स्वरमा ‘हाम्रो प्रीतको गीत भयो जित भएन ,मनको आगो निभाउने शीत भएन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
युट्युव मार्फत प्रिमियर गरिएको सो गीतको नितेन बान्तवाले लेखेका हुन्।

इलाम शान्तिपुर घर भएका गीतकार  बान्तवा राईले आफैले अनेक पीडा दुःख सुखको भोगाइबाट गीत सिर्जना भएर लेखेको बताउछन्। उक्त गीतको संगीत पनि गायक राईको नै रहेको छ, भने म्यूजिक भिडियोका शब्द,संगीत,स्वर तथा छायाँकंनको संयोजन अतिनै राम्ररी भएको छ । जसका कारण दर्शकले गीत सुन्दा हेर्दा आफू स्वंयम्को अनुभूति गर्ने छन ।

 

गीतकार नितेन बान्तवाले समाजलाई आफ्नो गीतबाट राम्रो उद्घोष गर्न खोजेका छन ।

पछिल्लो समय निक्कै व्यस्त रहेका निर्देशक जोन राईले निर्देशन गरेको भिडियोमा मोडेल सरोज दहाल,सुनिता वाइबा,कलाकार प्रान्क मास्टर कपिल मगरले भिडियोमा अभिनय गरेका छन् । गीतकार नितेन बान्तवा आफैले गीत राम्रो बनेको बताउँदै भिडियोबाट आशावादी रहेको बताए ।