तारा एअरको विमान खोजी कार्य जारी

2 0


नेपालदृष्टि । आईतवार विहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एअरको जहाज करिब १० बजेर ३० मिनेट जाँदादेखि सम्पर्कविहिन भएको थियो । दुर्घटानमा परेको विमान खोजी कार्य जारी छ । सम्पर्कविहिन भएकै समयमा आकाशमा विष्फोटको आवाज सुनिएको र धुँवासमेत देखिएको जोमसोङका स्थानीयलाई उद्दत गर्दै नेपाल टेलिभिजनले आफ्नो अनलाइन संस्रकणमा उल्लेख गरेको छ ।

तारा एअरको विमान मुस्तांगको तेलेमा ठोकिएको आशंका

विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् । त्यस्तै विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

स्थानीयको सूचनालाई आधार मानेर अहिले हेलिकोप्टरबाट दुर्घटनामा परेको विमानको खोजी भइरहेको पोखरा विमानस्थलका अधिकारीहरुहरुले जनाएका छन ।विमान पोखराबाट जोमसोङतर्फ उडेको थियो । कुन ठाउँमा विमान दुर्घटना भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । विमानमा १९ यात्रु र ३ जना चालक दलसहित २२ जना सवार थिए । थप विवरण आउन बाँकी नै रहेको छ ।